Comments Add Comment

प्रभावकारी सेवाका लागि नेपाली दूतावास आबुधाबीले सुरू गर्‍याे डिजिटल प्रणाली

सेवाग्राहीको उच्चतम हितलाई प्राथमिकता

युएई । सेवा प्रवाहलाई प्रभावकारी र व्यवस्थित बनाउन नेपाली दूतावास आबुधाबीले डिजिटल प्रविधिमार्फत सेवा सुरु गरेको छ । सोमबार दूतावासले औपचारिक रुपमा सेवाग्राहीलाई टोकन प्रणालीबाट सेवा दिएर यसको थालनी गरेको हो ।

पहिलो आउने सेवाग्राहीलाई राजदूत कृष्णप्रसाद ढकालले दूतावास प्रवेशकक्षमा रहेको टोकन मेसिनबाट टोकन वितरण गर्दै एलइडी डिस्प्लेमा नाम देखाइ टोकन प्रणालीको औपचारिक थालनी भएको घोषणा गरे ।

सेवाग्राहीको चापलाई व्यवस्थित गर्दै, सेवालाई सरल र सुलभ बनाउन आधुनिक बैकिंङ प्रणालीको थालनी भएको राजदुत ढकालले बताए । उनले भने, ‘सेवाग्राहीहरुले अब लाइनमा उभिनुपर्ने झन्झटपूर्ण अवस्थाको अन्त्य भयो । आधुनिक बैङकले जस्तै व्यवस्थित, प्रभावकारी र सम्मानित तवरबाट सेवाग्राहीलाई सेवा प्रदान गर्ने दूतावासको प्रयास सधै रहनेछ । ’

एलइडी डिस्प्लेमा टोकन नम्बरसँगैै प्रतिक्षालय कक्षमा बस्नेहरुले नेपालको बारेमा जानकारीसमेत पाउने छन्। नेपालको कला संस्कृति ,धार्मिक तथा पर्यटकीय स्थल बारेको सूचना डिस्प्लेमा राखिएको छ ।

सेवा लिन आउदा घण्टौँसम्म पख्र्नुपर्ने बाध्यताबाट सेवाग्राहीलाई समेत राहत मिलेको छ । दूतावासले थालेको प्रयास सकारात्मक रहेको र आउने सेवाग्राहीको समस्या समाधानमा उतिकै तदारुकता दिन उनीहरुले सुझाएका छन् ।

विभिन्न कामले दूतावास आउने सेवाग्राही अबदेखि सिधै सम्बन्धित कर्मचारीको कार्यकक्षमा जान पाउनेछैन । सम्बन्धित कामका लागि आवश्यक पर्ने कागजात प्रवेशद्वारमा रहेका कर्मचारीले चेकजाँच गर्नेछन् ।

कागजात अपुग भएमा सेवाग्राहीलाई जानकारी गराउनेछन् । आवश्यक कागजात पूरा भएकाहरु टोकन लिइ डिस्प्लेमा आफ्नो नम्बर आएपछि मात्र सम्बन्धित कर्मचारीको कार्यकक्षमा जान पाउनेछन् ।

यो स्स्टिमको थालनीले पारदर्शी सेवा उपल्बध हुने दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले जनाइन् । साथै सेवाग्राहीको गुनासो सम्बोधनका लागि दूतावासले गुनासो अधिकारी तोकेको छ ।

सूचना अधिकारीको जिम्मेवारीमा रहेकी विष्णुकुमारी अधिकारीलाई गुनासो अधिकारीको समेत जिम्मेवारी दिएको हो । दूतावासले सेवाग्राहीहरूको उच्चतम हितलाई प्राथमिकता दिएर काम गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment