+
+
Shares

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते १५:२५

निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । ‘हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ’, बोगटीले अनलाइनखबरसँग भने, ‘अहिले हामी दुवैलाई खोजी रहेका छौं ।’

नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको डिभोर्स प्रक्रिया अगाडि बढेको समयमा छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा उजुरी दिएपछि यो घटनाले नयाँ मोड लिएको थियो । हेमाले सुरुवातमा गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् । तर, गौशला प्रहरीले कालिमाटी महिला सेलमा पठाइदिएको थियो ।

वि.सं २०७३ साल असार २९ गते बिहे गरेका छवि र शिल्पाले गतबर्षको पौषमा मात्र बिहे दर्ता गरेका थिए । तर, हेमाले आफू हुँदा हुँदै छवि र शिल्पाले बहुबिबाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । योसँगै छवि र शिल्पाको डिभोर्स प्रक्रियाले नयाँ मोड लिएको छ । शिल्पाले भने आफूलाई छविका २ श्रीमती गिताञ्जली र रेखा थापा मात्र रहेको बिषयमा जानकारी भएको बताउँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?