+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

रामेछाप अपडेट : ३ घण्टापछि आगो नियन्त्रणमा, ४ घर जले

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ९ गते १२:१०
Photo Credit : रामेछापको साँघुटारमा बिहीबार बिहान लागेको आगो । आगो ३ घण्टापछि नियन्त्रणमा आएको छ ।

९ साउन, रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–३, साँघुटार बजारमा बिहीबार बिहान लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीमा ४ घर जलेर नष्ट भएका छन् ।

स्थानीय तेजबहादुर प्रधानले दिएको जानकारी अनुसार, लिखु खोला छेउको पक्की पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्की घर जलेर नष्ट भएको छ । त्यसैगरी, राजन सुवेदी, अनिष थापा र हरिमाया थापाको घर पनि आगलागीमा परि जलेको छ ।

आगो स्थानीयको प्रयासमा बिहान ११ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । गोदाममा ग्यास तथा पेट्रोल र डिजेलसमेत रहेकोले आगो केही बेरमै फैलिएको थियो ।

साँघुटार बजार रामेछाप जिल्लाकै पुरानो बजार हो । रामेछापबाट ओखलढुंगा प्रवेश गर्ने मुख्य नाकाको रुपमा सो बजार रहेको छ । झुरुप्प घरहरु रहेको सो बजारमा यसअघि पनि आगलागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?