Comments Add Comment

च्याम्पियन्स लिग जित्न युभेन्टसको सुपर टिम !

९ साउन, काठमाडौं । इटालियन क्लब युभेन्टसको आगामी लक्ष्य च्याम्पियन्स लिगको उपाधि जित्नु हो । त्यही अनुसारको टीम पनि बनाइरहेको छ ।

युभेन्टसका मालिकले गत वर्षमात्रै आफ्नो क्लबमा स्टार खेलाडीहरु भित्र्याउँदै २६१.५ मिलियन युरो खर्च गरे । जसमा विश्वचर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो, जोआओ क्यान्सेलो, डग्लास कोस्टा र लिओनार्डो बोनुचीलाई क्लबमा भित्र्यायो । तर क्लब  युरोपियन ठूला उपाधि जित्न असफल भयो ।

तर इटालियन सिरि ए को ट्रफी आठौं पटक जितेपछि युभेन्टस नयाँ दिशातर्फ गइरहेको छ । युभेन्टसले मासिमिलियानो अलेग्रीको स्थानमा नयाँ मुख्य प्रशिक्षक मउरिजियो सर्रीले टिम सम्हालेका छन् ।

पोर्चुगिज कप्तान रोनाल्डोलाई यसअघि १४१ मिलियन युरोमा क्लबमा भित्र्याएको थियो । केही दिन अघिमात्रै युभेन्टसले आयाक्सका कप्तान माथिजस डि लिग्ट ७५ मिलियन प्लस १०.५ मिलियन युरोमा आफ्नो क्लबमा भित्र्याएका छन् । त्यस्तै, फ्री ट्रान्सफरबाट मिड्फिल्डर एन्ड्रियन रोविओट र आरोन राम्सीलाई भित्र्याएका छन् ।

क्रिष्टियन रोमेरो, लुका पेलेग्रिनी र मेरिह डेमिरल पनि युभेन्टसमा आबद्ध भएका छन् । यसले गर्दा युभेन्टस अझ बलियो र सुपर टिम बनेको छ ।

युभेन्टसले गएको पाँच वर्षमा ९१३.५ मिलियन युरो खेलाडी ट्रान्सफरमा खर्चिएको छ ।

२०१९–०२० को सिरि ए फुटबल सुरु हुन करिब एक महिना समय बाँकी छ । तर युभेन्टसले भने च्याम्पियन्स लिगलाई मुख्य लक्ष्य बनाउँदै खेलाडी अनुबन्धन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment