+
+

भगवान कोइरालाको नेतृत्वमा बाल अस्पताल खोल्न सरकारले दियो ४१ रोपनी जग्गा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १० गते २:१०

९ साउन, काठमाडौं । सरकारले मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अग्रसरतामा स्थापना हुन लागेको सुविधासम्पन्न बाल अस्पतालका लागि वुढानीलकण्ठमा ४१ रोपनी जग्गा दिएको छ ।

‘काठमाडौं चाइल्ड हेल्थ हस्पिटल’का लागि सरकारले बुढानीलकण्ठ–७ मा ४१ रोपनी  १० आना ३ पैसा जग्गा भाडामा दिने निर्णय गरेको हो । यो अपस्ताल १०० शैय्याको हुनेछ भने सात वटै प्रदेशमा ५० शैय्याको बाल अस्पताल बनाउन सरकारले स्वीकृति दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

अस्पताल निर्माणका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाइएको छ, जसको अध्यक्षमा डा. कोइराला छन् । इन्स्टिच्युटले अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ भन्दा बढी रकम जुटाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?