Comments Add Comment

कंगनालाई कलाकारहरुले नै वहिष्कार गरे ?

कंगना अर्थात कन्टोभर्सी क्विन । उनी विवादको घेराभन्दा बाहिर आउनै सक्दैनन् । हुन त उनी स्पष्टवत्ता पनि हुन् । कसैको मन राख्नका लागि चिल्लो कुरा गर्ने बानी नभएकै कारण कतिपयले कंगनालाई रुचाउँदैनन् ।

कपिल शर्माको शोको हालैको एउटा श्रृंखलामा अभिनेत्री कंगना रनौतले आफ्नो स्वभाव कहिले पनि परिवर्तन हुन नसक्ने धारणा व्यक्त गरेकी छिन् । उनको भनाइ थियो-‘म बनावटी जीवन बाँच्नुमा विश्वास गर्दिन, सत्यलाई सत्य तथा झुटोलाई झुटो भन्नलाई म हिच्किचाउँदिन ।’ उनको यस्तै ठाडो बोलीका कारण बलिउड उद्योगमा कंगनाका दुश्मनहरुको संख्या दिन प्रति दिन बढ्दै गैरहेको छ ।

तर, कंगनलाई यो कुराको कुनै मतलव छैन । उनले आज पनि उत्तिकै काम पाइरहेकी छिन् । आज उनले जति पनि फिल्महरुमा काम गरिरहेकी छिन्, ती सबैमा उनी स्वयं नै ‘हीरो’ हुन् । उनले निर्वाह गर्ने भूमिका पनि प्रभावकारी हुन्छ । यति मात्र होइन, उनी ती अभिनेत्रीहरु भन्दा उत्कृष्ट स्थितिमा छन्, जो ठूला अभिनेताहरुको फिल्ममा केवल शो-पीसको रुपमा मात्र देखा पर्छन् ।

कंगनाले जसरी खुलेर बलिउडका ठूला-ठूला सेलिब्रेटीसंग ‘पंगा’ लिएकी छिन्, त्यसबाट के कुरा स्पष्ट हुन्छ भने आगामी दिनमा खानदेखि देवगणसम्म, कुमारदेखि धवनसम्मका कुनै पनि अभिनेताले उनीसंग शायदै कुनै फिल्ममा अभिनय गर्न मन पराउने छन् ।

अर्कोतिर, कंगना स्वयं पनि ती अभिनेताहरुसंग अभिनय गर्न चाहान्छिन् जस्तो लाग्दैन । यी बलिउड अभिनेताहरुका फिल्ममा अभिनेत्रीहरुले गर्ने काम खासै केही पनि बाँकि रहँदैन । यस्तो अवस्थामा कंगना उनीहरुका फिल्मको अंग बन्न शायदै मन पराउने छिन् ।

यतिमात्र होइन, कंगना बलिउडका दिग्गज निर्माता निर्देशकका विरुद्ध समेत लडिसकेकी छिन् । कपिल शर्माको शोमै उनले निर्माता-निर्देशकका करण जौहरका बारेमा आफ्नो धारणा व्यक्त गर्दै भनिन्-‘उनी त्यस्तो शो चलाउँछन्, जसमा तपाईंको अण्डरवेयरको रंग कस्तो छ ?’ अथवा ‘तपाईं बिहान उठ्ने बित्तिकै तपाईंले आफूलाई फलानी हिरोइनको बेडरुपमा पाउनु भयो भने के गर्नु हुन्छ ?’ जस्ता अर्थ न बर्थका प्रश्न सोधिन्छ । यस्तोमा, करण जौहर जस्ता बलिउडका हस्तीसंग सम्बन्ध बिगार्न शायदै कसैले सोच्दछ ।

यति हुँदाहुँदै पनि कंगनाले बलिउडमा काम पाइरहेकी छिन्, भविष्यमा पनि पाइरहलिन्, तर सुपरस्टारहरुका फिल्महरुमा भने उनको सम्भावना अत्यन्त न्यून छ ।

त्यसो त कंगनाको कसैसंग झगडा नभएको बेलामा पनि उनले ती सुपरस्टारहरुका फिल्ममा काम गर्ने सौभाग्य कहिले पनि पाएकी थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment