+
+
Shares

चौथो पटक मुख्यमन्त्री बने येदियुरप्पा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १० गते २०:३३

नयाँदिल्ली । बीएस येदियुरप्पा चौथो पटक कर्नाटकको मुख्यमन्त्री बनेका छन् । भारतीय जनता पार्टी -भाजपा) का प्रदेश अध्यक्ष येदियुरप्पाले शुक्रबार साँझ कर्नाटकको राजभवनमा मुख्यमन्त्रीको सपथ लिएका हुन् ।

मन्त्रीहरुको भने सपथ भएको छैन ।

जेडीएस- कांग्रेस सरकार ढल्नुअघि येदियुरप्पा विधानसभामा विपक्षी दलका नेता थिए ।

मुख्यमन्त्रीको सपथ लिएका येदियुरप्पाले विधानसभामा आफ्नो बहुमत देखाउनुपर्नेछ । तीन विधेयक अयोग्य घोषित भउकाले विधानसभामा विधेयकको संख्या २२४ बाट घटेर २२१ भएको छ । अहिले भाजपासँग आफ्नो १०५ र एक निदलीय विधेयकको मसर्थन गरी कुल १०६ मात्र छ ।

कांग्रेससँग ७६ विधेयक छन्, जसमध्ये १३ जनाको सदस्यतालाई लिएर सभामुखले निर्णय नि बाँकी छ ।

जेडीएसका ३७ विधायक मध्ये तीन जनाको त्यागपत्रबारे पनि सभामुखले फैसला दिन बाँकी छ ।
०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?