Comments Add Comment

‘वाघी ३’मा दर्शकले नयाँ प्रकारको एक्सन हेर्नु पाउनुहुनेछः टाइगर श्राफ

एक्सन अवतारमा बलिउड नायक टाइगर श्राफलाई धेरैले रुचाएका छन् । उनको अभिनय र नृत्यको पनि खुबै चर्चा भइरहेको हुन्छ । टाइगर अभिनित ‘बाघी’ र ‘बाघी २’ सफल चलचित्रमा पर्छन् । अहिले टाइगर ‘बाघी ३’ को तयारीमा छन् ।

चलचित्र ‘बाघी ३’ मा टाइगर आफैले एक्सन निर्देशन गर्ने हल्ला समेत चलेको थियो । तर, टाइगरले उक्त कुरा गलत भएको बताएका छन् । उनले भनेका छन्–‘मैले एक्सन निर्देशन गर्ने होइन । मैले यो चलचित्रमा केही स्टन्डको करियोग्राफी गर्नेछु । त्यसमा पनि म मात्र छैन । अरु पनि टिम हुनुहुन्छ ।’

अहिलेका दर्शकले धेरै राम्रो एक्सन चलचित्र हेरिसकेको हुनाले त्यो स्तरको चलचित्र बनाउने पर्ने चुनौती ‘बाघी ३’ लाई भएको टाइगर बताउँछन् । ‘एभेन्जर, मिसन इम्पोसिवल, जोन विक’ लगायत चलचित्र हेरेका दर्शकलाई हामीले मन जित्नुपर्नु छ’, टाइगरले भने–‘हाम्रो टिम त्यसैको लागि भरपूर मिहिनेत गरिरहेको छ ।’

टाइगर ‘बाघी ३’ अहिलेसम्म बनेका एक्सन चलचित्रभन्दा निकै माथिको बन्ने दावी गर्छन् । उनले भने–‘हामीले यो चलचित्रमा समावेश गर्ने फाइटहरु अहिलेसम्म नभएको गर्नेछौं । दर्शकले केही नयाँ हेर्न पाउनु हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment