Comments Add Comment

दाम्पत्यबीच सामान्य ठाकठुकः सम्बन्ध अझ कसिलो

दाम्पत्य सम्बन्धमा माया-प्रेम मात्र भयो भने त्यो सम्बन्ध सधैं एकनासको हुन्छ । श्रीमान्-श्रीमतीबीचको यो सम्बन्धमा स-साना झैं-झगडा भयो भने मात्र कहिले रिसाउने अनि कहिले फकाउने कुराले त्यो सम्बन्ध रोचक हुन थाल्छ ।

मानिसको स्वभाव नै परिवर्तनशील छ । त्यसैले उ एकै किसिमको सम्बन्धभन्दा केही फरक होस् भन्ने चाहान्छ । त्यसैले माया-प्रेमको सम्बन्धमा पनि कहिले काहीँ स-साना मनमुटाव हुँदा रिसाउने-फकाउने हुन्छ, जसले माया झन् बढ्छ । तर झगडाले माया बढ्छ भन्दैमा धेरै दिनसम्म रहने गरि झगडा भने गर्नु हुँदैन । त्यो झगडा छोटो समयको लागि हुनु पर्छ । त्यसले दम्पतीबिचको माया झन् प्रगाढ बन्दै जान्छ, दुबै अझ नजिकिन थाल्छन् ।

कहिले काहीँ हुने झगडा आवश्यक छ भन्ने धारण धेरै विवाहित जोडीहरुको रहेको छ । कहिलेकाहिं हुने झगडाले एक-अर्काको इच्छा, चाहाना र राम्रा-नराम्रो कुराहरु बुझ्ने मौका प्राप्त हुन्छ ।

श्रीमान-श्रीमतीबीच हुने वहसका कारण दाम्पत्य जीवन अझ बलियो हुन्छ भन्ने हालै भएको एउटा अनुसान्धानले प्रमाणित गरेको छ । जुन दम्पतीमा स-साना कुरालाई लिएर वहस हुन्छ, त्यस्ता दम्पति अन्य समयमा खुशीका साथ रहने गर्छन् । तर जुन दम्पतिको कुनै पनि कुरामा वहस हुँदैन, मनको कुरा मनमा नै राख्ने बानी हुन्छ, उनीहरु एक्लै हुँदा रुने, भित्र- भित्रै जल्ने गर्छन् । उनीहरुलाई एक-अर्कासंग वहस अथवा झैं-झगडा गर्दा सम्बन्ध तोडिने डरका कारण उनीहरु चित्त नबुझेकेा कुरामा पनि चुपचाप बस्ने गर्छन् ।

धेरै दम्पतीको सम्बन्ध बिग्रनुको महत्वपूर्ण कारण नराम्रो संवाद अथवा कुराकानीमा कमी रहेको पाइएको छ ।

आफ्नो भावना एक-अर्कासंग बाँढ्दा, आफुलाई चित्त नबुझेको कुरामा झगडा गर्दा सम्बन्ध कमजोर होइन, झन् बलियो हुन्छ भन्ने कुरा दाम्पत्य जीवनमा गरिएको अनुसन्धानले पत्ता लगाएको छ । आज हामी दाम्पत्य जीवनमा हुने स-साना झगडाको फाइदाको बारेमा केही उल्लेख गर्नेछौं ।

इमान्दार हुन्छन् झगडाको सुरुवात गर्नेहरु

दाम्पत्य सम्बन्धमा रिसाउने व्यक्ति एक-अर्काप्रति धेरै नै इमान्दार हुन्छन् भन्ने कुरा अनुसन्धानकर्ताको धारणा रहेको छ । त्यस्ता दम्पती एक-अर्कालाई प्रेम गर्ने, ध्यान दिने र मन नपर्ने कुरामा परिर्वतन चाहाने किसिमका हुन्छन् ।

त्यस्तै जुन दम्पतीबीचमा माया-प्रेम हुँदैन, उनीहरु एक-अर्काको कुरामा ध्यान नदिने, वास्ता नगर्ने किसिमका हुन्छन् । जुन दाम्पत्य जीवनमा धेरै झगडा हुन्छ, त्यस्ता दम्पतीबीच अथाह प्रेम र उनीहरुको सम्बन्ध पनि बलियो हुन्छ ।

लामो समयसम्मको प्रेम

एक-अर्कासँग वहस हुँदा उस्तै शैलीमा सवाल-जवाफ गर्ने र हरेक कुरालाई प्रष्ट रुपले खुलाएर भन्ने, स-साना कुरा जुन आफुलाई चित्त बुझेको छैन, ती कुराहरुका बारेमा पनि खुलेर वहस गर्नेको सम्बन्ध बलियो हुन्छ । वहसको समयमा एक-अर्कालाई बुझ्ने कोसिस गर्ने र आफ्नो सम्बन्ध बलियो बनाउनका लागि आफ्ना भावनाहरुलाई ब्यक्त गर्न आवश्यक छ ।

दम्पतीबीचको झगडा के कारणले भयो, त्यो महत्वपुर्ण हुँदैन । तर, झगडालाई कसरी व्यवस्थापन गर्ने त्यो महत्वपुर्ण हुन्छ । झगडापछि बोलचाल नै बन्द गर्नु हुँदैन, आफ्नो मनमा लागेेको कुरा सबै बताउनु पर्छ । सानो झगडालाई ठुलो हुन दिनु हुन्न, सानो झगडा ठुलो भएर कुटपिटसम्म पुग्यो भने त्यसले सम्बन्ध टुक्क्राउन पनि सक्छ । यो कुरालाई ध्यान दिनु आवश्यक छ । केही कुरा यस्ता हुन्छन्, जुन झगडा गर्ने क्रममा पनि भन्नु हुँदैन ।

अपमान (इन्सल्ट) गर्नु हुँदैन

झगडाको समयमा एक-अर्कालाई इन्सल्ट गर्ने प्रयास गर्नु हुँदैन । यदि सानो झगडाले ठुलो रुप लिन थाल्यो भने आफुलाई सम्हाल्नु पर्छ । जुन कुराले एक-अर्कालाई चोट पुर्‍याउँछ,  त्यो कुरा बोल्नु हुँदैन । तपाईंले रिसको झोंकमा बोलेको कुराले तपाईंको पार्टनरले जीवनभर मनमा लिएर बस्न सक्छन् ।

छुटि्टनु पर्छ त भन्दै नभनौं

झगडाको क्रममा अथवा झगडा भएको केही क्षणमा नै कुनै ठुलो निर्णय लिनु हुँदैन । झगडा भएको समयमा एक-अर्कासँग छुटि्ने कुराले तपाईंको सम्बन्ध सधैको लागि अन्त्य हुन सक्छ । यसले तपाईहरुको एक-अर्काप्रतिको विश्वास हराउँछ । एक-अर्काप्रति जीवनमा केहि समस्या आयो भने साथ नदिने रहेछ भन्ने सोचाइ आउन सक्छ ।

पुरानो कुरा नगर्नुहोस्

झगडा भएको समयमा बितिसकेका अथवा पुराना कुराहरु निकाल्नु हुँदैन । झगडाको कारण अर्को हुन्छ तर पुराना कुराहरु कोट्याएर झगडालाई अझ बढाउनु गलत हो । त्यस्ता कुराहरु जुन तपाईंले पहिले नै सुल्झाइसक्नु भएको छ भने त्यो कुरामा पुनः वहस गर्नु मुर्खता हुन्छ ।

यदि तपाईं एक-अर्कालाई प्रेम गर्नु हुन्छ भने बितिसकेका कुरालाई पुनः वहसको कारण बनाउने भुल नगर्नु होला । त्यसले तपाईंलाई निराशता मात्र प्राप्त हुन्छ ।

म कमाउने तिमी उडाउने

यो वाक्य त्यस्तो हो, जुन कुनै पनि श्रीमतीले सुन्न चाहान्नन् । आफु कमाउँछु भनेर कहिले पनि श्रीमतीको अगाडि फुर्ती लगाउनु हुँदैन । दाम्पत्य जीवनमा श्रीमान्-श्रीमतीले आ-आफ्नो जिम्मेवारी पुरा गरेका हुन्छन्, त्यसैले कहिले पनि एक-अर्काबीच तुलना गर्नु हुँदैन ।

सानो कुरालाई ठुलो नबनाउनुहोस्

कुरा सानो होस् अथया ठुला एक-अर्काको कुरा राख्ने अधिकार दुबैलाई हुनु पर्छ । एक-अर्काको कुरा ध्यानपूर्वक सुन्नु आवश्यक छ । आफ्नो पार्टनरको दृष्टिले पनि हेर्ने कोसिस गुर्न पर्छ । त्यसले झगडा रोक्न सहयोग गर्छ ।

एक-अर्कासँग कुरा गर्नुको फाइदा

झगडा भएपछि कुराकानी बन्द भयो भने समस्याको समाधान पनि निस्कदैन । त्यसैले झगडापछि पनि बोलचाल गर्नु पर्छ । हो, कसैको स्वभाव नै जिद्दी हुन्छ, सम्झाउन गाहो हुन्छ तर तपाईंले धैर्यताका साथ काम लिनु आवश्यक हुन्छ ।

अतितका सम्बन्धलाई कोट्याउनु हुँदैन

झगडाको क्रममा पुराना सम्बन्धको बारेमा कुरा निकाल्नु गलत हो । एक-अर्कालाई अतितका सम्बन्धलाई लिएर बिझ्ने कुरा भन्नु भनेको आफ्नो सम्बन्ध झन् कमजोर बनाउनु हो । त्यसैले बिर्सेर पनि एक-अर्काको अतितलाई झगडाको बीचमा ल्याउनु हुँदैन । यसो गर्दा झगडाले अर्कै रुप लिन सक्छ ।

नातेदारको बारेमा नबोल्दा राम्रो

प्रायः दम्पतीहरु एउटा कुरामा झगडा परेको हुन्छन् तर कुरा एक-अर्काको नातेदारको हुन थाल्छ । तिम्रो नातेदार यस्तो, तिम्रो नातेदार उस्तो भनेर एक-अर्कालाई घोचपेच गर्न थाल्छन् । झगडाको क्रममा एक-अर्काको आमा-बुबा, भाइ-बहिनीलाई निशाना बनाएर अपि्रय बोली बोल्नु हुँदैन । त्यसले झगडा झन् बढाउँछ । कसैले पनि आफ्नो नातेदारको बारेमा नराम्रो सुन्न सक्दैन । त्यसैले दुबैले एक-अर्कामा नियन्त्रण राख्न आवश्यक छ ।

अरुसंग तुलना गर्नु हुँदैन

श्रीमान्को गुनासो हुन्छ-तिमी भन्दा समझदार त तिम्री दिदी, बहिनी अथवा भाउजु छिन् । उनीहरु कहिल्यै आफ्ना श्रीमानसँग वहस गर्दैनन् ।

श्रीमतीको गुनासो झन् कडा हुन्छ-पहिला आफुलाई हेर, तिम्रो बुबा र दाई जस्तो तिमीमा के त्यस्तो गुण छ र ? तिमीसंग विवाह गरेर म फसेँ । मेरो साथीको श्रीमान्ले उनलाई कस्तो माया गर्छन्, तिमीले मलाई त्यस्तो कहिल्यै गरेनौ. । श्रीमान्-श्रीमतीको झगडामा त्यस्ता कुराहरु धेरै हुने गर्छन् । तपाईहरुबीच भएका झगडामा आफूसँग अरुहरुको तुलना कहिले पनि गर्नु हुँदैन । श्रीमान्-श्रीमती दुबैले त्यस्ता कुराहरु सहन सक्दैनन् ।

आफ्नो अनुहार हेरेका छौ ?

श्रीमान्-श्रीमतीले एक-अर्कालाई होच्याउनु हुँदैन । श्रीमान्को भनाइ हुन्छ-जति क्रिम लगाए पनि अनुहार उस्तै हो, शरीर मोटाएर भैंसी जस्तो भैसक्यो । श्रीमती भन्छिन्-सेतो कपालमा कलर गरेर कालो बनाउनु, मेरो अगाडि बुढो देखियो’ जस्ता कुराहरु एक-अर्कालाई भन्नु भनेको दुबैले एक-अर्काको बेइज्जत गर्नु हो । त्यस्ता कुराले दुबैको मन दुख्छ । त्यसैले आफ्नो बोलीमा नियन्त्रण राख्नु पर्छ । उमेर अनुसार हरेक मानिसमा परिपक्वता आउँछ ।

तिमी केही बुझ्दैनौं

यदि तपाईं एक-अर्कालाई- तिमी केहि बुझ्दैनौ भन्ने जस्ता कुरा गर्नु हुन्छ भने तपाई आफ्नो पार्टनरको अस्तित्वमा आँच पुर्‍्याउदै हुनुहुन्छ । त्यस्ता वाक्यले तपाईंले आफ्नो पार्टनरको कुनै कामको छैन्ा भन्न खोजेको बुझिन्छ । यदि तपाईं झगडाको क्रममा एक-अर्कालाई केहि कामको छैनौ भन्ने शब्द प्रयोग गर्नु हुन्छ भने त्यसले झगडालाई थप चर्काउन सहयोग गर्छ ।

धार्मिक कारण

दम्पतीका बीचमा हुने अधिकांश विवादहरु  धार्मिक कारणले पनि हुने गर्दछ । महिलाहरु खुट्टाको जुत्ता हुन्, महिलाको लागि पुरुष भगवान् हुन जस्ता कुराले महिला-पुरुषबीचमा भिन्नता ल्याएको छ । जसले गर्दा पुरुषले सधै महिलालाई दबाएर राख्ने मानसिकताको विकास हुन्छ । अहिले महिला पनि पुरुषको बराबारी हुने भएकाले त्यस्तो कुराको विरोध गर्छन्, जसको कारण झगडा भैरहेको हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment