Comments Add Comment

स्वस्तिमाको बिबादित बोली

नायिका स्वस्तिमा खड्कालाई हिजोआज ‘बोल्यो कि पोल्यो’को अवस्था छ । उनले बोलेका कुराहरु विवादित बन्दा त्यसले विवाद उत्पन्न भएको छ । केही समय अगाडि नायिका ऋचा शर्माले ‘छक्का पन्जा’मा महिलालाई पिट्ने कुरा गर्दा आफूलाई अचम्म लागेको भन्दै एक कार्यक्रममा भन्दा स्वस्तिमाले उनलाई लक्षित गर्दै लेखेको एउटा स्टाटस हटाएकी थिइन् । त्यो समयमा चलचित्र ‘छक्का पन्जा’को सिंगो टिमले नै स्टाटस लेखेर विवादमा परेको थियो ।

उनै स्वस्तिमाले शुक्रबार आयोजना भएको चलचित्र ‘हजार जुनी सम्म’को कार्यक्रममा २० लाख लिने कलाकारले ५० लाख उठाउन सक्नुपर्ने, नत्र निर्माताले ५ लाख पनि नपाउँदा मज्जा नआउने भन्दै बयान दिएपछि उनी विवादमा फसेकी छिन् । धेरैले, उनको यो भनाई नायिका पूजा शर्मा लक्षित थियो भनेर वुझेपनि उनले भने यो कुरालाई अस्विकार गर्दै आएकी छिन् । स्वस्तिमाप्रति पूजाका फ्यानको आक्रोश अझै कम भएको छैन ।

हुनत, चलचित्र क्षेत्रमा कलाकारले दिने अभिव्यक्ति विवादमा आउनु नयाँ कुरा होइन । तर, स्वस्तिमाका केही अन्र्तवार्तामा उनले दिएका भनाइलाई लिएर चलचित्र क्षेत्रका केही नाम चलेकै नायिकाहरु पनि उनीसँग असन्तुष्ट रहेको वुझिएको छ । स्वस्तिमा कडा त बोल्छिन्, तर उनको बोली उनका लागि पछि भारी पर्ने गरेको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment