Comments Add Comment

‘अमर भावना २’ सार्वजनिक, सहिमाको तीज गीतमा नीताको छमछमी

गायिका सहिमा श्रेष्ठको आवाजमा समावेश तीजको गीत ‘हर हर महादेव’ सार्वजनिक भएको छ । काठमाण्डौको चार तारे होटलमा भव्य कार्यक्रमको आयोजना गर्दै गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा नायिका नीता ढुंगानालाई फिचरिङ गरिएको छ । भिडियोमा गायिका श्रेष्ठले पनि अभिनय गरेकी छिन् । गीतको भिडियोमा पवित्रा आचार्यले निर्देशन गर्दैछन् । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई दिव्य सुवेदीले खिचेका छन् ।

शनिबार आयोजना भएको कार्यक्रममा ‘अमर भावना २’ नामक एल्बम पनि बिमोचन गरेका छन् । कार्यक्रममा सो एल्बममा समावेश एक आधुनिक गीतको भिडियो पनि सार्वजनिक गरियो । सार्वजनिक भिडियोलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । ‘तिम्रो शहर’ बोलको गीतमा सहिमा श्रेष्ठको स्वर, दिपक शर्माको संगीत, अमर वान्तुकका शब्द छन् ।

भिडियोमा नायक अनुप विक्रम शाही र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ । एल्बम बिमोचन समारोहमा गीतकार एसपी कोइराला, गीतकार राजेन्द्र थापा, निर्देशक दिपाश्री निरौला लगायतको उपस्थिती थियो । एल्बम बिमोचन समारोहमा पत्रकार, गीतकार, संगीतकार, गायक–गायिका सहित करिब ४ सय भन्दा बढी अतिथीको उपस्थित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment