Comments Add Comment

अन्तरबैंक फुटसल सुरु, ८ टिम क्वाटरफाइलनका लागि छानिए

१२ साउन, काठमाडाैं । राजधानीमा आयोजित पहिलो अन्तर बैंक फुटसल च्याम्पियनसिप शनिबार सुरु भएको छ । सातदोबाटोस्थित एक्टिभ स्पोट्र्स कम्प्लेक्समा भएको प्रतियोगिताको पहिलो दिनमा चार टिमहरुबीच प्रतिस्पर्धा भयो ।

नेपाली राष्ट्रिय टिमका उपकप्तान तथा गोलकिपर किरण चेम्जोङले रेफ्रिलाई म्याच बल प्रदान गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । समूहचरणको प्रतिस्पर्धामा चार समूहमा बर्गिकरण गरिएका प्रत्येक टिमले चार-चार वटा म्याच खेले । जसमा एनआईसी एसीया, सिभिल बैंक र हिमालयन बैंकले सतप्रतिशत जित हासिल गरेका थिए ।

समूहचरणको प्रतिस्पर्धाबाट ८ टिमहरु क्वाटरफाइनलका लागि छनोट भएका छन् । आगामी शनिबार हुने पहिलो क्वार्टर फाइनलमा कुमारी बैंक र मेगा बैंक भिड्ने छन् । यस्तै दोस्रो क्वाटरफाइनलमा एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंक, तेस्रोमा सिभिल बैंक र एनएमबी बैंक तथा चौंथोमा हिमालयन बैक र प्रभू बैंकबीच प्रतिस्पर्धा हुने भएको छ ।

यो प्रतियोगिताको आयोजना एक्टिभ स्पोट्र्स कम्प्लेक्सले गरेको हो भने मोरकङ अटोवक्र्सले प्रायोजन गरेको हो । प्रतियोगितामा २० वटा वाणिज्य बैंकहरुले भाग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment