Comments Add Comment

भिडियोमा हेर्नुस् कस्तो छ जिपको कम्पास ‘लिमिटेड प्लस’ ?

१३ साउन, काठमाडौं । सार्वजनिक भएको केही समयमै जिप कम्पास बजारमा लोकप्रिय मोडेल बन्यो । पहिलेदेखि रहेको जिप प्रतिको आकर्षणका कारण कम्पास छोटो समयमै नेपाली अटो बजारको अब्बल प्रतिस्पर्धीमा गनिन थालेको छ ।

सार्वजनिक भएको एक वर्ष नबित्दै नेपाली सडकमा अहिले जिप कम्पासको उपस्थिति बाक्लो बन्दै छ । जीपले जसरी आफ्ना एसयुभीमा आफ्नो ग्राहकले चाहेको फिचरहरु धमाधम थप्दै छ, त्यसैगरी नेपालमा आफ्नो छाप पनि दरिलोसँग छोड्दै छ ।

कम्पासले नेपाली बजार बटुलको वाहवाहीको नतिजा हो, कम्पासको टप भेरियन्टको लिमिटेड प्लस ।

लाइफ अटोमोबाइलले नयाँ ‘टप-अफ-द-लाइन’ अप भेरियन्ट लिमिटेड प्लस थपेर जिप कम्पासको ‘पोर्टफोलियो’लाई विस्तार गरेको छ । यसमा त्यस्ता धेरै फिचरहरु छन् जुन सेग्मेन्टमै पहिलो पटक राखिएका छन् ।

नेपालमा हालसम्म भित्रिएको कम्पासमध्ये कै ‘एड्भान्स्ड फिचर्स’ यसमा छन् ।

अनुपम डिजाइन

यो गाडीको अनुपम पक्षमध्ये एक हो, बाहिरी डिजाइन । यसैपनि लुक्समा चर्चा बटुलेको कम्पासमा गरिएका सुन्दर परिवर्तनले यसलाई अझै बढी दमादार बनाइदिएको छ । अझ गाडी भित्र धेरै फिर्चसहरु थपेर यो गाडी किन्नेलाई सही निर्णय लिएको महसुस गराउन खोजिएको  छ ।

बाहिरी डिजाइनमा सबैभन्दा ठूलो परिवर्तन यसको हि्वलमा गरिएको छ । गाडीमा १८ इन्चको ह्विल प्रयोग गरिएको छ ।

चक्काको आकार बढेसँगै कम्पासको आकारको ठूलो देखिन्छ । कम्पासलाई सडकमा उत्रिँदा ‘बोल्ड’ रुपमा प्रस्तुत गर्न यसले सघाएको छ । गाडीको पछाडि ‘लिमिटेड प्लस’ ब्याचले पनि कारको आकर्षणलाई बढाइदिएको छ ।

कम्पासको लिमिटेड प्लस भेरियन्टमा अब ‘डुअल पेन पानोरेमिक सनरुफ’ राखिएको छ । कम्पास लाइनअपमा यो पहिलो पटक राखिएको फिचर हो ।

त्यसैगरी, यसमा तीन तहको ‘ब्राइटनेस’ भएको नयाँ अटोमेटिक हेडल्याम्पको सुविधा रहेको छ । ह्विलहरु पहिलेभन्दा ठलो १८ इन्चको ‘डुअल टोन पोलिस्ड एलुमिनियम एलोई ह्विल’ छन् । लिमिटेडमा १७ इन्चको हि्वल थियो ।

त्यसैगरी, नयाँ जिप कम्पासमा वषर्ा भएको थाहा पाउने रेन सेन्सिंग वाइपर राखिएको छ र यो पनि कम्पास लाइनअपमा पहिलो पटक हो ।

जब यो गाडी सडकमा गुड्छ, गाडी प्रेमीमाझ एउटा तरंग नै सिर्जना गर्नसक्छ । किनभने यसको बाहिरी सजावट यति मजबुत लाग्छ कि जुनसुकै ब्रान्डका गाडी चढ्नेहरुलाई पनि एकपटक फर्किएर हेर्न कर लाग्छ ।

गज्जबको इन्टेरियर

गाडी बाहिरबाट हेरेर मात्रै कस्तो छ भन्न सकिन्न । लिमिटेड प्लसको इन्टेरियरमा कम्पनीले निकै मिहिनेत गरेको देखिन्छ ।

इन्फोटेन्मेन्ट स्क्रिन पहिलेभन्दा ठूलो छ । यसको इन्टरफेस र फङ्सनमा भने कुनै परिवर्तन गरिएको छैन । तर स्क्रिन थोरै माथि गएको छ । यसमा ८.४ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन छ । जुन क्लासकै सबैभन्दा ठूलो हो ।

अघिल्लो संस्करणहरुमा ७ इन्चको मात्र टच स्क्रिन थियो । यो इन्फोटेन्मेन्ट सिस्टम एप्पल कारप्ले र एन्डोइड अटोमार्फत स्माटफोनसँग सम्पर्क गर्न सकिन्छ । त्यसैगरी, यसमा अन्य गाडीबाट आएको चर्को प्रकाशलाई मधुरो बनाउने अटो डिमिंग रियरभ्यु मिरर समेत राखिएको छ ।

भित्र देखिने ठूलो परिवर्तन भनेको पानोरामिक सनरुफ पनि हो । माथि छतमा ठूलो ग्लास प्रयोग गरिएको छ र यसले गर्दा क्याबिनले कोठाको जस्तो अनुभव दिलाउँछ ।

सनरुफलाई खोल्न पनि सकिन्छ । यात्राका दौरान सनरुफ खोलेर लिन सकिने मज्जा कुनै फिल्मी मोमेन्ट झैं लाग्न सक्छ ।

लिमिटेड प्लसमा आठ प्रकारले एडजस्ट गर्न सकिने मेमोरी फंक्सनसहितको डाइभर सिट छ । यसमा फोर-वे लुम्बार सपोर्ट पनि छ । यी दुवै सुविधा महँगा गाडीमा मात्र उपलब्ध हुन्छन् ।

बलियो इन्जिन

गाडीमा ‘मेकानिकल्ली’ ठूलो परिवर्तन छैन । त्यसैले यसले गर्ने रोड पर्फमेन्स भने कम्पासको भन्दा फरक छैन । तर, गाडीभित्रका विशेषता र यो अडिसनको डिजाइनले गाडी चढ्ने र चलाउने अनुभव पक्का पनि फरक हुन्छ ।

यसमा ६ र ७ स्पिडको गियर बक्स छ । इन्जिनको ‘एनभीएच लेभर’ निकै कम्फोर्टेबल छ । आरामदायी यात्राका लागि यसलाई पिच गरिएकै सडक चाहिँदैन । खराब सडकमा पनिले यसले आफ्नो कर्म र धर्म गजबसँग निभाउँछ ।

लिमिटेड प्लस तीन वटा पावरटे्रनमा उपलब्ध छन् । त्यसैले ग्राहकले आफ्नो सुविधा अनुसार अटोमेटिक वा म्यानुअल ट्रान्समिटरसहितको डिजेल वा पेट्रोल इन्जिन छान्न सक्छन् ।

जुनसुकै पावरट्रेनले उत्तिकै शक्ति र टर्क उत्पन्न गर्छ ।  डिजेल भेरियन्टमा २.० लिटर मल्टिजेट इन्जिनले १७० बीएचपी शक्ति र ३५० एनएम टर्क उत्सर्जन गर्छ ।

त्यसैगरी, पेट्रोल भर्सनमा १.४ लिटरको मल्टिएअर इन्जिन छ जसले १६० बीएचपी शक्ति र २५० एनएम टर्क उत्सर्जन गर्छ ।

बेजोड सुरक्षा

गाडी किन्दा सस्तो तथा हेर्दा र चढ्दा मात्रै राम्रो भएर मात्रै पनि हुँदैन, गाडीमा सबैभन्दा जोड दिनुपर्ने पक्ष हो, सुरक्षा । कम्पासको लिमिटेड प्लसलाई सुरक्षा मामिलामा पनि बलियो बनाएर उतार्न खोजिएको छ । कम्पनीले यसमा ६ वटा एयरब्यागको राखेको छ ।

डुअल फ्रन्ट एयरब्यागसहित अगाडि र पछाडिका यात्रुका लागि लामो आकारको साइड कर्टेन एयरब्याग पनि राखिएको छ ।

अगाडिका यात्रुका लागि सिटमा माउन्ट गरिएको एयरब्यागसहित लिमिटेड प्लसको क्याबिनमा जम्मा ६ वटा एयरब्याग छन् । गाडीमा एबीएस सुविधा छ ।  इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्टि्रब्युसन, ब्रेक असिस्ट, हिल असिस्ट र इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम पनि छन् ।

ट्राक्स्नल कन्ट्रोल, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ, चाइल्ड सेफटी लक, कर्नरिङ लाइट, रियर वाइपर, हेडल्याम्प बिम एडजसस्टर जस्ता विभिन्न फिचर्स यात्रुकै सुरक्षाका लागि राखिएका हुन् ।

यति धेरै सुरक्षा फिचर्स सहितको प्याकेज यही रेन्जको गाडीमा भेट्न मुस्किल नै छ ।

लिमिटेड प्लसमा त्यस्ता अप्सनहरु छन्, जसले यो गाडीलाई हाइ रेन्जको खासियतमा पुर्‍यादिएको छ । यसमा बाई जेनन हेडल्याम्प, साइड र कर्टेन एयरब्याग, लेदर सिट र डुअल टोन रुफ जस्ता विशेषता पनि छन् । यस्ता अप्सनहरुले गाडीलाई अझ सबल बनाइदिएको छ ।

जिपले यो गाडीमा अझ धेरै त्यस्त्ाा विशेषताहरु थप्न सक्थ्यो, जसले यो गाडीलाई अझ अर्को उचाइमा लैजान मद्दत गथ्र्यो । यसमा मेकानिकल्ली चेन्ज नगरिएकाले नयाँ कम्पासमा ड्राइभिङका हिसावले पहिलेको भेरियन्टमा भन्दा फरक अनुभव भने गर्न पाइँदैन ।

प्रतिस्पर्धी मूल्य

फिचर्सको तुलनामा यसको मूल्य पनि निकै प्रतिस्पर्धी छ ।

मूल्य ९७ लाख ९० हजार रुपैयाँदेखि एक करोड ५ लाख ९० हजारको बीचमा राखिएको छ ।

लिमिटेड प्लस डिजेल म्यानुअल ४बाई२ः रु ९७ लाख ९० हजार ।

लिमिटेड प्लस पेट्रोल अटोमेटिक ४बाई२ः रु ९८ लाख ९० हजार ।

लिमिटेड प्लस डिजेल म्यानुअल ४बाई४ः रु १ करोड पाँच लाख ९० हजार ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment