Comments Add Comment

छुँदा काउकुती लाग्ने अनौठो रुख

के तपाईंले काउकुती लाग्ने रुखका बारेमा सुन्नुभएको छ ? सायद छैन होला । भारतको उत्तराखण्डस्थि कालाढुंगी जंगलमा यस्तो विचित्रको रुख छ, जसलाई मुसार्दा काउकुती लाग्दछ ।

मान्छेलाई जस्तै रुखलाई पनि काउकुती लाग्दछ भन्ने कुरा पत्याउन गाह्रो पर्दछ । तर यो रुखको हकमा भने नपत्याइ सुख छैन । यो रुखको काण्ड तथा हाँगाबिँगालाई समाउँदा काउकुती लागेको जस्तो गरी चाल पैदा गर्दछ, जसरी काउकुती लगाउँदा मानिस बटारिन्छ । यो रुखलाई काउकुती लागेर बटारिएको दृश्य प्रष्टै देख्न सकिन्छ ।

कालाढुंगीको जंगलमा यसरी काउकुती लाग्ने दुईवटा रुख छन् । त्यस्तै, रामनगरको क्यारी जंगलमा काँप्ने अर्को रुख पनि छ ।

यी रुख स्थानीयस्तरमा पर्यटकका आकर्षणका केन्द्र बनेका छन् । काँप्ने तथा काउकुती लाग्ने रुख हेर्नका लागि घना जंगलमा पर्यटकहरु जाने गर्दछन् । रुख देखाउनका लागि वन समितिले पथप्रदर्शकको समेत व्यवस्था गरेको छ ।

मानिसहरुले यो अनौठो रुखलाई हास्ने रुखको रूपमा पनि चिन्दछन् । यो रुखको वैज्ञानिक नाम रेन्डिया डुमिटोरम हो । रुबीयसी परिवारको यो रुख ३ सयदेखि १३ सय मिटरको उचाइमा पाइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment