Comments Add Comment

अर्पण र प्रविणको ‘आधा सुर’ घोषणा

फिल्म क्रिउ नेपाल र ब्यास मोशस पिक्चर्सको ब्यानरमा चलचित्र ‘आधा सुर’को निर्माण हुने भएको छ । भदौको पहिलो साताबाट छायांकनमा जान लागेको यो चलचित्रलाई अशिन पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा अशिन र सौरभ कार्कीको लेखन, बिष्णु घिमिरे ‘कल्पित’को छायांकन, रोशनराज थापाको संगीत, केशव रानाको सम्पादन रहनेछ ।

चलचित्रलाई काठमाण्डौ र पोखरामा खिचिने निर्माणपक्षले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ । यो चलचित्रमा अर्पण थापा, प्रविण खतिवडा, शिशिर वाङ्देल, सरिता गिरी, दीलिप रानाभाट, बबिता मल्ल, सुरज बिष्ट, सुभांगम पराजुली लगायतको मुख्य भूमिका छ ।

मोहन जैशी यो चलचित्रबाट यो क्षेत्रमा प्रवेश गर्दैछन् । चलचित्रले मानिसको जीवनको आधा सुरको कथा भन्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । निर्देशकले भने–‘हामीले मानिसको दैनिक जीवनमा हुने भोगाइलाई पर्दामा उतार्दैछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment