
Photo Credit : फाइल तस्वीर
१५ साउन, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र राजपाले बुधबार पनि संसद् बैठक अबरुद्ध गरेका छन् ।
सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपा सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरेका थिए ।
लगतै शून्य समय प्रारम्भ भएको जानकारी गराउना साथ दुवै दलका सांसदले रोष्टम घेराउ गरे ।
सांसदहरूको लगातारको नाराबाजीपछि सभामुख कृष्णबहादुर महराले बैठक बिहीबारसम्मका लागि स्थगित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4