Comments Add Comment

स्वस्थ जीवनका लागि पर्याप्त निद्रा आबस्यक

तपाईं स्वास्थ्य जीवनको लागि के-के गर्नुहुन्छ ? सन्तुलित खानपान गर्नुहुन्छ । पर्याप्त पानी पिउनुहुन्छ । फलफूल र सागपातमा जोड दिनुहुन्छ । नियमित व्यायाम गर्नुहुन्छ । सक्रिय जीवन विताउनुहुन्छ । सकारात्मक सोंच राख्नुहुन्छ ।

के यति मात्र काफी छ त ? पक्कै छैन । सन्तुलित खानपान, पर्याप्त पानी जस्तै तपाईंको जीवनका लागि अपरिहार्य छ, निद्रा । हुन त हामी सबैलाई निद्रा लाग्छ । हामी निदाउँछौं । तर, कस्तो निद्रा ?

निद्रा गहिरो हुनुपर्छ । पर्याप्त हुनुपर्छ । जब तपाईं गहिरो निद्रामा पर्नुहुन्छ, ब्युझँदा शरीर चंगा हुन्छ । बेग्लै किसिमको ताजापन अनुभव गर्नुहुन्छ ।

यद्यपी अहिले हामी बिहान उठ्नै सक्दैनौं । निद्रा खुलेपनि ज्यान तंगि्रदैन । उठ्दा पनि शरीर भारी हुन्छ । भद्दा हुन्छ । निद्रा नपुगे जस्तो हुन्छ । बिहान उठ्नसाथ हाइ काड्न थाल्छौं । फेरि ओछ्यानमै पल्टन मन लाग्छ । किन ?

किनभने हामीले पर्याप्त निद्रा लिन सकेकै छैनौ । सामान्यत हामीले ७ देखि ८ घण्टासम्मको निद्रा लिनुपर्छ । तर, समयले मात्र पुग्दैन । निद्रा गहिरो हुनुपर्छ । यदि गहिरो निद्रा लिइएन भने के हुन्छ ?

तपाईंको शरीर बोझिलो हुन्छ । आलस्य बढ्छ । अनिद्राले गर्दा तपाईंको दैनिकी खलबलिन्छ । त्यती मात्र होइन, यसले तपाईंको शरीरको कार्य संचालनमा समस्या ल्याउँछ । तपाईं उच्च रक्तचाप, मधुमेह लगायतको रोगी हुनुहुन्छ ।

यदि गहिरो निद्रा लिन सक्नुभयो भने तपाईं तनावलगायत अनेकन समस्याबाट मुक्त रहनुहुनेछ । अहिले हामीमध्ये धेरै जनाको निद्रा खलबलिएको छ । हामी ओछ्यानमा त पल्टन्छौं, निद्रा लाग्दैन । शरीर थकित हुन्छ, तर निद्रा लाग्दैन ।

यताउता कोल्टे फेर्दाफेर्दै निदाउँछौं । निदाउँदा पनि हामी गहिरो निद्रामा पुग्दैनौं । बेलाबखत हाम्रो निद्रा विथोलिन्छ । अर्थात हामी राम्ररी निदाउन सक्दैनौ । किन यस्तो हुन्छ ?

किनभने हामी बेचैन छौं । हाम्रो मन स्थिर छैन । अनेक सोंच, विचार, रहर, सपना, आंकक्षाले मनमा उथलपुथल ल्याइरहन्छ । त्यस्तै ग्लानी, कुष्ठा, द्वेषले पनि हाम्रो मनमा आगो सल्काइदिन्छ । हामी शान्त रहनै सक्दैनौ । जबसम्म हामी शान्त रहन सक्दैनौं, निद्रा लाग्दैन ।

यसैले गहिरो निद्राका लागि पहिलो सर्त हो, मनमा शान्ति । मनलाई कसरी शान्त तुल्याउने त ? मन त चञ्चल छ । मन भोको छ, मन लोभी छ, मन इष्र्यालु छ । पर्याप्त धन दौलतले, सुख सुविधाले मन शान्त हुँदैन । मनलाई शान्त तुल्याउने भनेको आफुले आफैसँग चित्त बुझाउने हो । यसको सरल विधी चाहि योग, प्राणायाम, ध्यान हो ।

ध्यान विधीबाट हामी मनलाई शान्त तुल्याउन सक्छौं । आध्यात्मिक चेतले पनि मनलाई वशमा राख्न सकिन्छ । मनमा सकारात्मक भाव पैदा हुनुपर्छ । सकारात्मक, कृतज्ञ र प्रफुल्ल भएपछि मन स्थिर हुन्छ । मन स्थिर भएपछि हामी गहिरो निद्रामा पुग्न सक्छौं ।

यसैगरी समुचित श्रम पनि आवश्यक छ । हामी निस्क्रिय बस्छौं वा ऐश आरममा मात्र रुची राख्छौं भने पनि हामीलाई गहिरो निद्रा लाग्दैन । शरीर भनेकै समूचित श्रम गर्नका लागि हो । जब हामी श्रम गर्छौं, शरीरले विश्रामको खोजी गर्छ । त्यही बेला हामी गहिरो निद्रा पाउन सक्छौं ।

खानपानले समेत निद्रामा असर गर्छ । हामीलाई के लाग्छ भने मदिरापान गरेपछि निद्रा लाग्छ । तर, यसले क्षणिक निद्रा लागेपनि यो गहिरो हुँदैन । मदिरापान गर्नु पनि निद्रा विथोल्नु हो । त्यसैगरी धेरै मसेलेदार वा शरीरले सजिलै नपचाउने खानाले पनि निद्रा विथोलिन्छ ।

सात्विक खानपान, सकारात्मक सोंच, सरल जीवनशैली आवश्यक छ, गहिरो निद्राको लागि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment