Comments Add Comment

अमेरिकी प्रतिबन्धले छोएन हुवावेलाई, आम्दानीमा २३ प्रतिशतले वृद्धि

चीनको हुवावे टेक्नोलोजिज कम्पनीको पछिल्लो ६ महिनाको आयमा २३ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

मंगलबार सार्वजनिक तथ्यांक अनुसार सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिमा कम्पनीको आयमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ दशमलब २ प्रतिशतले बढोत्तरी भएको हो ।

अमेरिकी प्रतिबन्ध तथा अन्य पश्चिमा मुलुकहरुले समेत हुवावेका सेवा तथा उत्पादनको प्रयोगमा कडाइ गरिरहेको अवस्थामा समेत हुवावेको आयमा वृद्धि हुनुलाई सकारात्मक मानिएको छ ।

यही वर्षदेखि त्रैमासिक आर्थिक विवरण सार्वजनिक गर्न थालेको हुवावेका अनुसार सन् २०१९ को पहिलो ६ महिनामा कम्पनीले ४ खर्ब १ अर्ब ३० करोड युआन अर्थात् ५८ अर्ब २८ करोड अमेरिकी डलर आम्दानी गर्न सफल भएको छ । सन् २०१८ को पहिलो अर्धवार्षिकमा हुवावेले ३ खर्ब २५ अर्ब ७० करोड आम्दानी गरेको थियो ।

त्यस्तै यो वर्षको प्रथम अर्धवार्षिकमा हुवावेका ११ करोड ८० लाख गोटा स्मार्टफोन बिक्री भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले बढी  हो ।

गत मे महिनाको मध्यबाट अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेसँगै हुवावेको आपूर्ति श्रृंखलामा उल्लेख्य रुपमा अवरोध आएको थियो । चीनले हुवावेका उपकरणलाई अन्य देशको जासुसीका लागि प्रयोग गरिरहेको हुनसक्ने र यसले आफ्नो राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको आरोप अमेरिकाले लगाउने गरेको छ । तथापि, हुवावेले यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment