Comments Add Comment

कपिललाई विवादबाट टाढा रहन सलमानको सुझाव

झण्डै एक वर्ष रोकिएको ‘दि कपिल शर्मा शो’ सुरु भएको पनि लामो समय भइसकेको छ । विभिन्न कन्ट्रोभर्सीका कारण ‘दि कपिल शर्मा शो’ बन्द भएको थियो । अहिले सुचारु भइरहेको यो शोलाई बलिउड नायक सलमान खानले निर्माण गरिरहेका छन् ।

अहिले ‘दि कपिल शर्मा शो’ले राम्रो टीआरपी पाइरहेको छ । सुन्नमा आए अनुसार निर्माता सलमानले कपिललाई कन्ट्रोभर्सीबाट टाढा रहन सुझाएका छन् । पहिलो सिजन कन्ट्रोभर्सीकै कारण बन्द भएको स्मरण गराउँदै उनले कपिललाई कनट्रोभर्सीबाट बच्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्–‘कन्ट्रोभर्सीले नै हो जसले हामीलाई सक्छ । शोको पहिलो सिजन पनि कन्ट्रोभर्सीले सकिएको हो । त्यसैले सतर्क रहनु ।’ पहिलो सिजन बन्द हुनुको कारण धेरै कन्ट्रोभर्सीहरु नै थिए । मुख्य कन्ट्रोभर्सी सुनिल ग्रोवर र कपिल शर्माको झगडा थियो ।

कपिलले रक्सीको मातमा परेर प्लेनमा सुनिललाई दुव्र्यवहार गरेका थिए । त्यसपछि सुनिलले कपिल शर्मा शो छोडे र उक्त शो बन्द नै भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment