Comments Add Comment

‘जिरो’पछि अनुष्का मौन, नयाँ फिल्म नखेल्नुको कारण यस्तो

चलचित्र ‘जिरो’ असफल भएपछि यसका निर्माता तथा नायक साहरुख खानले कुनै पनि नयाँ चलचित्रमा काम गरेका छैनन् । तर, साहरुखले मात्र होइन चलचित्रकी नायिका अनुष्का शर्माले पनि कुनै चलचित्र साइन गरेकी छैनन् । अनुष्काले नयाँ चलचित्र साइन नगर्दा उनको मौनताको कारणबारे उनका फ्यान उत्सुकत छन् । हालै मात्र एक भारतीय अनलाइनसँग कुरा गर्दै अनुष्काले नयाँ चलचित्र साइन नगर्नुको कारण खुलाएकी छिन् ।

अनुष्काले भनेकी छिन्–‘यो फैसला मैले सोचेर नै लिएकी हुँ । म चलचित्र ‘जिरो’पछि केही समय ब्रेक लिन चाहन्थेँ । मैले बिहेपछि ‘सुई धागा र जिरो’मा लगातार काम गरेँ । जब मसँग समय हुन्थ्यो, त्यो समयमा मात्र म विराट कोहलीसँग भेट गर्थेँ ।’

अनुष्काले अगाडि भनेकी छिन्–‘मलाई लाग्यो कि अब मैले ब्रेक लिनुपर्छ । मैले मेरो टीमसँग पनि भनेको थिएँ कि, मलाई केही महिना कुनै पनि चलचित्रको कथा पनि नसुनाउनु । किनकी, मलाई कुनै चलचित्रको स्क्रिप्ट पनि पढ्न मन थिएनँ ।’

अनुष्काले एक क्रियटिव मानिसका लागि कामबाट ब्रेक लिन आवश्यक रहेको सुनाइन् । उनले भनिन्–‘हामी आफैसँग सधै नै झुठ बोलिरहेका हुन्छौ । मानिसहरुले त किन चलचित्रमा काम नगरेको भनेर सधै नै सोधिरहन्छन् । तर, हामी वास्तविक कुरा नभनेर उनीहरुसँग होइन कि आफैसँग झुठ बोलिरहेका हुन्छौ ।’

अनुष्काको यो कुरा सुन्दा उनी अझै पनि नयाँ चलचित्रमा काम गर्ने मुडमा देखिएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment