+
+
Shares

विमानस्थलबाट क्लब डेजाभूका सञ्चालक श्रेष्ठ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १४ गते ११:५३
Photo Credit : डेजाभूका सञ्चालक मनोज श्रेष्ठ

१४ साउन, काठमाडौं । दरबारमार्गको क्लब डेजाभूका सञ्चालक मनोज श्रेष्ठ पक्राउ परेका छन् ।

हङकङबाट काठमाडौं आएका श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्टरपोलको माइन्ड उपकरणको सहयोगमा पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुको अनुरोधमा १५ माघ २०७५ मा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले डिफ्यूजन नोटिस जारी गरेको थियो ।

‘माइन्ड डिभाइसले इन्टरपोलमा नोटिस जारी भएका फरार अपराधी, संदिग्ध व्यक्तिको पहिचान, चोरी वा हराएका पासपोर्ट र ट्राभल डकुमेन्टको प्रयोग गरी आवतजावत गर्ने मानिसको नियन्त्रण गर्न सहयोग गर्छ’, उनले अनलाइनखबरसँग भने, ‘त्यसकै आधारमा श्रेष्ठ विमानस्थलमा पक्राउ परेका हुन् ।’

काठमाडौं प्रहरीका अनुसार श्रेष्ठले डेजाभुको अध्यक्ष पदमा रहँदा कम्पनीमा लगानी गर्न विश्वराम श्रेष्ठबाट २ करोड रुपैयाँ लिएका थिए । त्यसवापत उनले शेयर दिने बताएका थिए । सहमति अनुसार शेयर नदिएपछि उनले रकम फिर्ता मागे ।

श्रेष्ठले २ करोड बराबरको चेक दिए पनि बाउन्स भएपछि काठमाडौं प्रहरीमा बैंकिङ कसूरको उजुरी दर्ता भएको थियो । तर, उनी सम्पर्कमा थिएनन् ।

यसअघि २८ मंसिर ०७४ मा चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गरे पनि उनी नआएपछि क्लबमा तोडफोड भएको थियो भने ८ जना सञ्चालकविरुद्ध ठगी आरोपमा मुद्दा चलेको थियो । हाल जिल्ला अदालत, काठमाडौं त्यो मुद्दा विचाराधीन छ ।

घटनापछि नै विश्वरामले २ करोड लगानी गरेको जनाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?