Comments Add Comment

‘राजेश हमाल नेपालका अमिताभ बच्चन’

भारतको लोकप्रिय टेलिभिजन च्यानल ‘आज तक’को अनलाइन संस्करणमा नेपाली चलचित्रका सफल नायक राजेश हमालको तुलना बलिउडका सफल नायक अमिताभ बच्चनसँग गरिएको छ ।

‘आज तक’को अनलाइन संस्करणमा लेखिएको छ–‘नेपाली चलचित्रमा अमिताभ बच्चनको रुपमा चिनिने नायक राजेश हमाल भारतीय दर्शकका लागि नौलो हुन सक्छन् । तर, उनको लोकप्रियता नेपालमा भने निकै छ, जसलेगर्दा उनलाई ‘महानायक’को उपाधि समेत दिइएको छ । ५५ बर्षका राजेशको पहिचान नेपालमा भारतमा अमिताभ बच्चन र साहरुख खानको जस्तै छ ।’

आज तकले नायक राजेश हमालको तस्वीरहरु राख्दै उनको वैवाहिक जीवन र पारिवारिक जीवनलाई समेत उल्लेख गरेको छ । सन् १९८८ मा रिलिज भएको चलचित्र ‘यूगदेखी यूगसम्म’बाट नेपाली चलचित्रमा प्रवेश गरेका राजेश हमालले दर्शकमाझ गहिरो छाप समेत छाडेका छन् ।

आज तकमा अगाडि लेखिएको छ–‘राजेशको अभिनय र अध्ययनको यात्रा सजिलो भने थिएन । राजेशका पिता चुडाबहादुर हमाल राजदुत थिए । नेपालमा अभिनयलाई खासै राम्रो पेशाको रुपमा नहेरिएको अवस्थामा राजेशले चलचित्र क्षेत्रमा पाइला राखेका थिए ।’

चलचित्र क्षेत्रमा आउनका लागि हमालले पारिवारिक विरोध समेत झेलेको आजतकले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment