+
+
Shares
गसिप :

ज्योतिषी हरिहर अधिकारीको ‘पार्वती’ : ग्रहदशा मिलेन कि ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हरिहर अधिकारीको तेस्रो फिल्म ‘पार्वती’ले बक्स अफिसमा २ करोड २९ लाख रुपैयाँ कारोबार गरेको रिपोर्ट छ।
  • अघिल्लो आइतबारसम्मको बक्स अफिस रिपोर्टमा ‘पार्वती’ देखिएको छैन।
  • हरिहर अधिकारीले फिल्मले लगानी सुरक्षित गरिसकेको र स्लोली स्लोली चलिरहेको बताएका छन्।

कुनै बेला राजेश हमाल अविवाहित थिए । त्यसताका राजेश हमालको ‘विवाहको साइत कहिले जुर्छ’ भनी ज्योतिषीय गणना गरिदिने व्यक्ति थिए, हरिहर अधिकारी । यसरी राजेश हमालको नाम जोडिएर अचानक चर्चामा आएका थिए यी ग्ल्यामरस ज्योतिषी ।

अरूको फिल्मको नाम के राख्ने ? कहिलेबाट मुहूर्त गर्ने ? उनैले तय गरिदिन्थे ।

ज्योतिषीय गणनाबाट फिल्मको न्वारान गर्नेदेखि प्रदर्शनको तिथि तोक्नेसम्मका काम भएपछि फिल्म कसो नचल्दा हुन्  ? फिल्ममेकरहरूलाई यस्तै लाग्न थालेको थियो । सबैभन्दा बढी यस्तो चाहिँ स्वयं ज्योतिषी हरिहर अधिकारीलाई लाग्न थालेको थियो ।

त्यही लागेर त हो, उनले फिल्म बनाउन थाले । फिल्म बनाउनुसम्म त ठीकै थियो । हिरो पनि आफैँ बने । अब ज्योतिषी मान्छे हिरो बन्दा कस्तो भयो होला ? यो त उनको पहिलो फिल्म ‘शुभलाभ’ झेल्ने दर्शकलाई थाहा होला । नामअनुसार यो फिल्मले उनलाई शुभलाभ भएन ।

पहिलो फिल्मबाट धक्का लागे पनि उनको जोश थामिएन । श्रीमती नै हिरोइन भएपछि उनमा फिल्मी रङ चढ्नु कुनै आश्चर्यको कुरा पनि थिए न । उनले श्रीमतीसँगै मिलेर अर्को फिल्म बनाए, ‘ह्रस्व दीर्घ’ ।

फिल्ममा उनले दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दमलाई समेत अभिनय गराए । अनि  फिल्म नेपाली, हिन्दी र तेलुगु भाषामा तयार गरे । यो फिल्मबाट पनि उनलाई ‘लाभ’ मिलेन।

असफलताको यो शृङ्खलाबाट उनी फेरि पनि रोकिएनन् । तेस्रो फिल्म बनाए, ‘पार्वती ’। यो फिल्मले बक्स अफिसमा २ करोड २९ लाख रुपैयाँ कारोबार गरेको देखाउँछ । यो अघिल्लो आइतबारसम्मको रिपोर्ट हो । यसपालि भने चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टमा ‘पार्वती’ गायब छ ।

एक अन्तर्वार्तामा हरिहर भन्दै छन्, ‘फिल्मले आफ्नो लगानी सुरक्षित गरिसक्यो, स्लोली स्लोली चल्दै छ ।’

६ साता बितिसक्यो, अझै कति स्लोली ?

यसको ग्रहदशा हेर्दा खासै राम्रो छाँटकाँट देखिँदैन !

ज्योतिष विद्याले फिल्म चल्दैन भन्ने कुरा अब त बुझ्नुपर्‍यो । ज्योतिष विद्याले फिल्म चल्ने भए यतिबेला शाहरुख खानहरू पनि ‘गुरुजी’ भइसक्थे नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?