Comments Add Comment

रोनाल्डिल्होका ५७ थरी सम्पत्ति जफत !

काठमाडौं । कर तथा जरिवाना नतिरेको आरोपमा ब्राजिलका भूतपूर्व फुटबल स्टार रोनाल्डिल्होका ५७ वटा सम्पत्ति जफत गरिएको समाचार एउटा स्थानीय अखबारले प्रकाशित गरेको छ । उनको ब्राजिलियन र स्पेनिस पार्सपोर्टहरु पनि खोसिएको समाचारमा उल्लेख छ ।

दुईपटक वर्ल्ड प्लेयर अफ द इयर बनेका रोनान्डीन्होलाई पोर्टो अलेग्रेस्थित आफ्नो लेक हाउसमा अवैध संरचना बनाएको भन्दै २० लाख ६० हजार पाउन्ड जरिवाना गरिएको थियो ।

यसका अतिरिक्त उनलाई १६ लाख ९० हजार पाउन्ड ऋण दिएको भन्दै ऋणदाताहरुले पछ्याइरहेका छन् ।

पोटो एलेग्रेका एक न्यायधीशले अदालती गोपनियताका कारण यो समाचारलाई पुष्टि वा खण्डन गर्न चाहेनन् ।

रोनाल्डिन्हो सन् २००४ र २००५ मा प्लेयर अफ द इयर भएका थिए । उनले लामो समय बार्सिलोनाबाट क्लब फुटबल खेले । सन् २००२ को विश्वविजेता ब्राजिलियन टिममा उनी पनि थिए ।

रोनाल्डोको खुद सम्पत्ति ८ करोड देखि १० करोड पाउन्डसम्म भएको अनुमान गरिएको छ । उनले आफ्नो एउटा इन्टाग्राम पोष्टबाट मात्रै एक लाख ५० हजार रुपैयाँ पाउने गरेको बताइन्छ ।

तर, केही सञ्चारमाध्यमले भने रोनाल्डिन्हो आर्थिक समस्यामा रहेको समाचार प्रकाशित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment