Comments Add Comment

युवा उद्यमी मञ्चको कार्यशाला सम्पन्न

१६ साउन, काठमाडौं । युवा उद्यमी मञ्चले  सञ्चालन गरेको ‘युवा उद्यमी सम्मेलन- महिला’ ८ दिने कार्यशाला  सम्पन्न भएको छ । गत २१ जुलाईदेखि  जुलाई २८ सम्म कार्यशाला सञ्चालन भएको हो ।

कार्यशालामा उद्योग संयोजन, लगानी, नयाँ व्यवसायको सिर्जना, वौद्धिक सम्पत्ति र फ्रेञ्चाईज, सर्च इञ्जिन अप्टिमाइजेसनका अधारभूत विषय तथा विद्युतीय बजारीकरणका विषयमा छलफल गरिएको थियो ।

अध्यक्ष निकोलस पाण्डेका अनुसार कार्यशालामा ७० विद्यार्थी, उद्यमीहरू, पेशाकर्मीहरू तथा समाजका प्रेरणादायी उद्यमीहरू सहभागी थिए । कार्यशालाका लागि लक्ष्मी बैंकले सहयोग गरेको थियो ।

कार्यशालाको उद्येश्य उद्यम गर्न चाहने युवा पुस्तालाई सरोकारवालाहरूसम्म पुगेर विज्ञता लगायतको सहयोग पुर्‍याउनु  रहेको आयोजकले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment