Comments Add Comment

‘घाँटीभन्दा तल’ गीतको चर्को आलोचना, दीपकले लेखे–‘भोलि नाइटोभन्दा मुनि आउला’

आर्जन पाण्डेको स्वरमा समावेश र नायिका रीमा विश्वकर्माले मोडलिङ गरेको ‘घाँटीभन्दा तल’ बोलको गीत रिलिज भएको केही दिनमा आलोचनात्मक रुपमा भाइरल भैरहेको छ । हुनत, हिजोआज राम्रा गीत निकाल्न भन्दा पनि भाइरल हुने गीत निकालेर केही समय रमाउनका लागि गायक-गायिका उद्देलित छन् । मोडलहरुको पनि तरिका त्यस्तै हो । भाइरल हुने गीतमा मोडलिङ गरेर भ्यूजका आधारमा आफ्नो लोकप्रियता मापन गरिरहेका छन् ।

आर्जन पाण्डेको गीत भाइरलभन्दा पनि आलोचनामा फसेको छ । निर्माता दीपकराज गिरी लेख्छन्–‘गीत लेखेपछि पूरै लेख्या भए हुने, आज घाँटी भन्दा मुनि मात्रै आयो । भोलि नाइटोभन्दा मुनि मात्रै आउला । त्यसपछि कम्मर । हैट ।’

दीपकराजको यो स्टाटसले गीतलाई ब्यङ्ग्य गरेको छ ।

यस्तै, कलाकार निर्मल शर्मा लेख्छन्–‘बजारमा नयाँ गीत आएको रहेछ, गीतमा पुरुषले महिलालाई भन्छ–‘घाँटीभन्दा तल त राम्री नै छे ।’ भगवानसँग कामना गर्छु यो गीत मेरा छोराहरुले सुनेर नगाइदिउन र श्रीमती, ममी, दिदी, बहिनीको अगाडि मैले लाजले मुख छोप्न नपरोस् ।’

निर्मल र दीपकले मात्र होइन अरु थुप्रै कलाकारले पनि यो गीतको चर्को बिरोध गरेका छन् । यो गीतको बिषयमा अहिलेसम्म गायक र मोडलले केही पनि भनेका छैनन् । तर, यो गीतको आलोचना हुँदै गर्दा विशेष गरी, मोडल रीमा विश्वकर्माको पनि आलोचना भैरहेको छ । रीमा जसले नारी स्वतन्त्रताको बिषयमा थुप्रै पटक अभिव्यक्ति पनि दिदै आएकी छिन् ।

तर, उनै रीमाले यस्तो गीत कसरी मोडलिङ गर्न मानिन् भन्ने तर्क पनि सुरु भएको छ । नायिका केकी अधिकारीले समेत यो गीतको प्रमोशनका लागि टिकटक बनाएपछि उनी पनि आलोचनामा मुछिएकी छिन् ।

गायक आर्जनसँग केकीको प्रेम रहेको चर्चा लामो समयदेखि चलिरहेको छ । नजिकको साथी भएकै कारणले पनि आर्जनको यो गीतमा केकीले मुख खोल्न नसकेको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment