Comments Add Comment

फरेन्सिक रिपोर्टले कलंकी गोलीकाण्डमा ट्वीस्ट !

Photo Credit : साङ्केतिक तस्वीर

१६ साउन, काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनामा ट्वीस्ट आएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनालबाट बरामद गरिएको लाइसेन्स प्राप्त हतियारबाट गोली नचलेको फरेन्सक जाँचबाट खुलेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सवेदीले सामाखुशीस्थित केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको ब्यालेस्टिक जाँचको नतिजा ‘नेगेटिभ’ आएको पुष्टि गरे ।

सुवेदीले अनलाइनखबरसँग भने, ‘हामीले अन्य पाटोबाट अनुसन्धान जारी राखेका छौं ।’

खनाललाई नियन्त्रणमा लिएर सोधपुछ गरिए पनि अन्य सबुत नभेटिएपछि साधारण तारेखमा छाडिएको थियो भने घरबाट बरामद दुई थान हतियार र ५० राउण्ड गोली परीक्षणका लागि पठाइएको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अधिकृतसमक्ष बयान दिने क्रममा पनि खनालले आफ्नो हतियारबाट गोली नचलेको दाबी गरेका थिए ।

सोमबार साँझ शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा एक्कासी सिसा फुटेपछि हेर्दा २.२ एमएमको गोली भेटिएको थियो । घटना दूर्घटनावश भएको हुनसक्ने अनुसन्धान अधिकृतले आशंका गर्दै आएका थिए ।

तर, गोली कसले र कहाँबाट चलाएको थियो भन्ने अझै खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment