+
+
Shares

पूर्वउपसचिवको घरमा कसले हान्यो गोली ?

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १४ गते ११:२७
Photo Credit : साङ्केतिक तस्वीर

१४ साउन, काठमाडौं । सोमबार राति करिब ९ बजे कलंकीमाई मन्दिरछेऊ रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा एक्कासि सिसा फुटेको आवाज आयो । शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा सिसा फुटेपछि घरका सदस्य त्यसतर्फ दौडिएर पुगे ।

त्यहाँ पुग्दा कोठाभित्र गोली जस्तो देखिने वस्तु देखियो । लगत्तै उनीहरुले प्रहरीलाई खबर गरे ।

‘हामी गएर हेर्दा पेस्तोल नभई सानो २.२ एमएम हतियारको जस्तो देखिने गोली बरामद भयो’, काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदी भन्छन्, ‘यो किसिमको गोली सिकार प्रयोजनका लागि प्रयोग हुने गर्छ ।’

गोली कसले र किन चलायो भन्ने विषयमा सुक्ष्म अनुसन्धान भइरहेको सुवेदीले अनलाइनखबरलाई बताए । हालसम्मको अनुसन्धानले दुर्घटनावस गोली चलेको हुनसक्ने देखाएको जनाइएको छ ।

तर, घटनापछि कसैको नियत थियो/थिएन भन्ने अझै निर्क्योल भइसकेको छैन ।

‘हामीले वरिपरि रहेको घर र लाइसेन्स प्राप्त हतियार भएका व्यक्तिको छानबिन थालेका छौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले भने, ‘गोली चलेको हतियारवाहक मानिस भेटिएपछि थप खुल्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?