Comments Add Comment

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त

१५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका हुन् ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले दिउँसो १ बजे मात्र बोलाएर मन्त्री बन्ने प्रस्ताव राखेका थिए । ‘पार्टी शीर्ष नेताहरुसँग राय सल्लाह दिएर जिम्मेवारी दिनु भएको हो’ नववियुक्तमन्त्री भट्टराईले भनेका छन् ।

उनले अपराहृन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिए । लगतै सिंहदरबारस्थि पर्यटन मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।

आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा आएको भन्दै उनले विमानस्थल निर्माण, वायुसेवा निगमको स्तरोन्नती लगायतलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

तत्कालीन एमालेमा सचिव समेत भइसकेका भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । चुनाव प्रचारमा जाँदा नै ओलीले भट्टराईलाई चुनाव जिताए मन्त्री बनाउने बताएका थिए । सुरुवाती मन्त्रिपरिषद् विस्तारहरुमा भट्टराई नपर्दा ओलीको आलोचना समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment