Comments Add Comment

म रवीन्द्र अधिकारीको उत्तराधिकारी : मन्त्री भट्टराई

१५ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका छन् ।

बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्चीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए ।

‘परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु,  उहाँले नै राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो, उहाँकै आवश्यकता थियो, तर  प्रकृतिलाई जित्न सकेनौं.  उहाँको उत्ताराधिकारीका रुम्पमा आएको छु,  यसो भन्दा मलाइ गर्व छ ‘ उनले भने ।

रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालयलाई उचाइमा पुर्‍याएको उनले बताए । सबै मन्त्रीहरु आफ्नो अग्रज भन्दै उनले सबैसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए ।

योजनाविनै आएँ

आफू निश्चित योजनाविनै आएको भन्दै मन्त्रालयका सचिवदेखि पियनसम्म सबैको सल्लाह लिएर काम गर्ने बताए । ‘ नियोजित योजनाबिना आएँ,  मन्त्रालयका  पियनदेखि सचिवसम्म  सबै साथी हौं, एउटै टिममा छौं, टिमलाई गति दिन्छु,  तपाईंले काम लगाउनु म सिक्न आएको हो’ उनले भने ।

केही दिनमा प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्ने भन्दै मन्त्री भट्टराईले आफूले गर्न सक्ने कुरामात्रै प्रतिवद्धता गर्ने बताए ।

अहिले पर्यटन मन्त्रालयमा धेरै चुनौती रहेको भन्दै उनले नेपाल भ्रमण वर्षलाई सफल पार्न सम्पूर्ण तागत र शक्तिका साथ अगाडि बढ्ने बताए । पोखरा विमानस्थल र गौतमवुद्ध विमानस्थल सकेसम्म छिटो सक्ने र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सहमति जुटाउने पनि मन्त्री भट्टराईले बताए ।

मन्त्री हुने कुरा १ बजेमात्रै थाहा पाएँ

पर्यटनमन्त्री भट्टराईले आफूले मन्त्री हुने कुरा बुधबार दिउँसो १ बजेमात्रै थाहा पाएको बताए । ‘प्रधानमन्त्रीले आज १ बजे कार्यालयमा बोलाएर प्रस्ताव गर्नुभयो । सबै वरिष्ठ नेतासङ्ग रायमा जिम्मेवारी दिनुभएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment