News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाललाई जिल्ला अदालत, काठमाडौंले १० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका छन्।
- बुधबार निवासबाट पक्राउ परेका अग्रवाललाई थुनछेक बहस नसकिएपछि प्रहरी कस्टडीमा राखिएको थियो।
- सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले उनी धरौटी बुझाएर आज रिहा भएको जानकारी दिए।
१९ कात्तिक, काठमाडौं । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन् ।
बुधबार पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत, काठमाडौंले १० लाख धरौटीमा छाड्न आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
उनका अनुसार, उनी धरौटी बुझाएर आज रिहा भएका हुन् ।
हिजो निवासबाटै पक्राउ परेका अग्रवाललाई अदालत बुझाइएको थियो । बुधबार उनको थुनछेक बहस नसकिएपछि प्रहरी कस्टडीमा राखिएको थियो ।
बिहीबार अदालतको आदेशसँगै उनी धरौटी बुझाएर रिहा भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4