News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र ‘पाँच पाण्डव’ को दोस्रो ट्रेलर मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।
- ट्रेलरमा हरिवंश आचार्यले युधिष्टिरको भूमिकामा आफ्ना भाइहरूलाई समस्याबाट छुटकारा दिलाउने प्रयास गरेको देखाइएको छ ।
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ को ट्रेलर–२ सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै सिनेमाको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा सिनेमाका मुख्य पात्रले आफ्नो भूमिका प्रस्ट पार्ने प्रयास गरेको देखिन्छ । ट्रेलरको केन्द्रमा हरिवंश आचार्य छन् । पृथ्वीमा रहेका आफ्ना भाइहरू दु:खी रहेको भन्दै पृथ्वीलोकमा आइपुगेका युधिष्टिर भाइहरूलाई समस्याबाट छुट्कारा दिलाउने प्रयासमा लाग्छन् ।

हरिवंश भीम, अर्जुन, नकुल, सहदेव भन्दै नामाकरण गर्दै आफ्नो चार भाइ बनाइरहेका छन् । अनि जोजो समस्यामा छन्, उनीहरूलाई सहयोग गर्दै हिँडिरहेका छन्।
क्यासिनोमा छोटा कपडा लगाएकी युवती देखेर उनी आङ ढाकिदिन्छन् । सभ्य समाज निर्माण हुनुपर्छ भन्ने उनको उद्देश्य देखिन्छ । अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइ मिलेर गरेको संघर्ष र विद्रोह ट्रेलरमा देखाइएको छ ।
यही कात्तिक २० गतेबाट प्रदर्शन हुने फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । ‘पाँच पाण्डव’ मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया 4