+
+
Shares

‘पाँच पाण्डव’ पोस्टरमा यस्ता देखिए पात्रहरू, तिहारमा प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिहारको छेको पारेर कार्तिक २० गतेदेखि हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देलसहितको चलचित्र ‘पाँच पाण्डव’ रिलिज हुने भएको छ।

कुनैबेला टेलिभिजनमा ‘महाभारत’ त हेर्नुभयो होला । त्यसको ह्याङओभरले अझै पनि छाडेको छैन होला ? त्यसो भए यो दिपावलीसम्म पर्खनुहोला । फिल्म ‘पाँच पाण्डव’ प्रदर्शन हुँदैछ ।

फिल्मको शीर्षकबाट तपाईंले भेउ पाउनुभयो, यसमा ठूलै महाभारत छ । हुन पनि पोस्टरले त्यही छनक दिएको छ । पोस्टर निकै कालात्मक छ । पोस्टर एउटा स्वर्ण रथ देखिन्छ । रथमा पाँच पाण्डव छन् । अर्थात हरिवंश आचार्य, आर्यन सिक्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला।

पोस्टरमा रथ, त्यसको पृष्टभूमि र टाइटलमा पनि सुनौलो अनि गाढा रातो रंगको संयोजन छ । यी रंगले प्रेम र युद्ध

पोस्टरले क्यारेक्टर रिभिल गरेको छ । पोस्टरअनुसार हरिवंश युधिष्ठिर बनेका छन् । भीम बनेका जितु नेपाल, अर्जुन बनेका आर्यन, नहकुल बनेका महेश र सहदेव बनेका सुशीललाई पोस्टरमा देख्न सकिन्छ ।

पोस्टरमा घोडाले तानिरहेको साजसज्जायुक्त बग्गीमा पाँच पाण्डव छन् । युधिष्ठिर अर्थात् हरिवंश अगाडि बसेका छन् । उनको पछाडि बाँकी चारजना उभिएका छन् । पाँचै जना प्रफुल्ल चेहरामा छन् ।

यसले उनीहरूबीचको एकता, मिलन र भाइचारा देखाउँछ । पाँच पाण्डवको विशेषता झल्काउने पोस्टरले दर्शकको दिमागमा यो सिनेमा र यसका पात्र रजिस्टर गराउन सफल हुने आंकलन गर्न सकिन्छ ।

‘हामीले आज सार्वजनिक गरेको पोस्टर दर्शकले पक्कै रुचाउनु हुनेछ भन्ने हाम्रो अपेक्षा छ । क्यारेक्टर रिभिल गरेका छौँ । हामीले कतै देखिरहेका पात्र र लुक्स भएकाले यी क्यारेक्टर दर्शकमाझ चाँडै लोकप्रिय हुने र सिनेमाप्रति दर्शकको प्रतीक्षा बढ्ने हामीले विश्वास लिएका छौँ’ निर्देशक वसन्त निरौलाले भने ।

तिहारको छेको पारेर कार्तिक २० गते देखि रिलिज हुने चलचित्र पाँच पाण्डवको अहिले पोस्ट प्रोडक्सन अन्तिम चरणमा छ । यो चलचित्रको पूरै साउन्ड डल्बी एटमसमा हुनेछ । दर्शकले ‘पाँच पाण्डव’ हेर्दा फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने निर्देशक निरौलाले बताएका छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् । हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’ को भूमिकामा छन् ।

त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने लगायतको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन्।

‘पाँच पाण्डव’ मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।

‘पाँच पाण्डव’ लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?