News Summary
Generated by OK AI. Editorially reviewed.- हरिवंश आचार्यको मुख्य भूमिकामा बनेको चलचित्र ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेदेखि प्रदर्शन हुँदैछ।
काठमाडौं । भर्सटाइल अभिनेता हरिवंश आचार्यको सिनेमा ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेबाट प्रदर्शन हुँदैछ । युधिष्ठिरको भूमिकामा देखिएका हरिवंशको सिने करिअरमा यो एउटा विशेष फिल्म हुने निर्देशक बसन्त निरौला बताउँछन्।
उनको मुख्य भूमिका रहेको ‘हरिबहादुरको जुत्ता’ गत वर्षको दसैँमा रिलिज भएको थियो, जुन बक्सअफिसमा हिट भयो । निर्देशक निरौला यो वर्ष हरिवंशको करियरमा अर्को हिट सिनेमा थपिने दावी गर्छन् ।
‘यसपटक दर्शकले हरिवंश दाइलाई निकै धेरै मन पराउनु हुनेछ, किनभने दर्शकले रुचाउने पात्र र कथामा उहाँ हुनुहुन्छ’ निरौला भन्छन् ‘सबै भाइलाई माया गर्ने उहाँको पात्रलाई दर्शकले मन पराउनु हुनेछ ।’
टेलिचलचित्रदेखि फिचर फिल्म गरेर हरिवंशका दर्जनौँ पात्र आम दर्शकमाझ लोकप्रिय छन् ।
यसपटक उनीसँगै अरु कलाकार आर्यन सिक्देल, महेश त्रिपाठी, जितु नेपाल र सुशील सिटौला रहेकाले सिनेमा थप प्रतिक्षित बनेको छ । यो चलचित्रमा द्रौपदीको भूमिकामा इभा गिरी छिन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् ।
यो चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ ।
यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।
‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ ।
यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन् । गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।
रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।
प्रतिक्रिया 4