+
+
Shares

एनआईसी एशिया बैंक र सेल पेबीच सम्झौता, वेलकम बोनसको व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १५ गते २०:४३

१५ साउन, काठमाडौं ।  एनआईसी एशिया बैंकले सेल पेसँग सम्झौता गरेको छ । डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै बैंकले हिजोबाट संचालनमा आएको “सेल पे” सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सम्झौता गरेको हो ।

“सेल पे” इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो जहाँ मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकहरुले आफ्नो खाता प्रयोग गरी विभिन्न कम्पनीहरुका बिलहरु जस्तै बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक फण्ड ट्रान्सफर आदिको सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र “सेल पे”को तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे ।

सम्झौतासँगै “सेल पे”मा ग्राहकहरुले एन आई सी बैंक एकाउन्ट लिंक गरेमा वेलकम बोनसको रुपमा रु १०० बराबरको मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् । लिंक गरेको खाताबाट भुक्तानी गर्दा कुनै शुल्क लाग्दैन । यसका साथै विभिन्न बिल भुक्तानी गर्दा थप क्यास ब्याक अफर पनि यो सुविधामा उपलब्ध रहेको छ ।

सेल पे सर्भिस प्रयोगसँगै ग्राहकहरुले छिटो छरितो रुपमा सेवा सुविधा उपयोग गर्न सक्नुहुनेछ जसबाट ग्राहकहरुको डिजिटल बैंकिङ्गको प्रयोगतर्फ आकर्षण र सक्रियता बढाउने विश्वास बैंकले लिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?