Comments Add Comment

ट्याक्सीमा छुटेको दुई लाख पचास हजार फिर्ता

१६ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको दुई लाख पचास हजार रुपैयाँ रकम सम्बन्धित धनीलाई बुझाइएको छ ।

उपत्यकामा सञ्चालित बा २ ज ४१५५ नम्बरको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गरेका थिए ।

खड्का बिहीबार बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफैं पैसा फिर्ता गर्न महाशाखा आएका थिए । चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रविकुमार पौडेलले धनी खड्कालाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment