Comments Add Comment

सुनको मूल्यमा नयाँ रेकर्ड

१७ साउन, काठमाडौं । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावल सुनको बजार मूल्य प्रतितोला ६५ हजार ८ सय तोकेको छ ।

शुक्रबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य नपाली सून व्यवसायको ईतिहासमा सबै भन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् ।

असार दोस्रो साता देखि सुनको मूल्य नयाँ किर्तिमानीकासाथ बढ्न थालेको थियो । यस अघि सबै भन्दा धेरै ६५ हजार ५ सयसम्म कायम सुनको प्रतितोला मूल्य शुक्रबार ६५ हजार ८ सय पुगेको हो ।

मूल्य बढेसंगै सुन किन्ने ग्राहक संख्या ज्यादै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि असारमा पनि सुनकाे मूल्य महंगीएकाे थियाे ।

असार महिनामा धेरै विवाह हुने भएकाले सुन ब्यवसायका लागि सिजन मानिन्छ, अर्काे सिजन भनेकाे हरितालिका तीज पनि हाे । तीज नजिकिदै गर्दा सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम भएकाे छ ।

मूल्य वृद्धिका कारण ग्राहकहरु पर्ख र हेरको अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment