+
+
Shares

सिड्नीमा फेरि नेपथ्य लाइभ हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १७ गते १४:१२

१७ साउन, सिड्नी । अष्ट्रेलियाको सिड्नीमा ‘एक्सपर्ट एजुकेशन नेपथ्य लाइभ इन सिड्नी २०१९’ हुने भएको छ । कार्यक्रम आयोजना गर्नका लागि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस र नेपाली टचबीच सहमति भएको छ ।

सहमति भएपछि शुक्रबार पत्रकार सम्मेलन गरी कार्यक्रमको मितिसमेत घोषणा गएकिो छ । कार्यक्रम आगामी डिसेम्बर १४ अर्थात मंसिर २८ गते शनिबार आयोजना गरिने छ ।

सहमतिअनुसार एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले कार्यक्रमको प्रायोजन गर्नेछ ।

नेपाली टचले नेपाली समुदायदाई लक्षित गरी अष्ट्रेलियामै विगत ५ वर्षदेखि विभिन्न समाजिक सांसकृतिक एवंम मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

यो कार्यक्रमले अष्ट्रेलियामा रहेका विद्यार्थीहरु र दर्शकहरुलाई आफ्नो देशप्रतिको माया दर्शाउने विश्वास लिइएको आयोजकले बताएको छ ।

यसअघि टच नेपाल र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसको सहकार्यमा ‘नेपाल आइडल सिजन २ लाइन इन सिड्नी’ कार्यक्रम आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?