Comments Add Comment

करणको पार्टीमा के कलाकारले ड्रग्स सेवन गरेका थिए ?

निर्माता करण जोहरको घरमा आयोजना हुने पार्टी सधै नै विवादमा रहन्छ । करणको घरमा हुने पार्टीमा पुग्ने बलिउड स्टारहरुको चर्चा मिडियामा सधै हुन्छ । यसपटक भने बलिउडका नाम चलेका स्टारहरुको एउटा भिडियो भाइरल भएको छ । जहाँ, उनीहरुले ड्रग्स लिएको आरोप समेत लगाइएको छ ।

करण जोहरको पार्टीमा दीपिका पादुकोण, मलाइका अरोडा, अर्जुन कपुर, शाहिर कपुर, रणवीर कपुर, बरुण धवन लगायतका स्टार सहभागी थिए । करणले यो भिडियो आफ्नो सामाजिक संजालबाट सार्वजनिक गरेका थिए ।

करण जोहरले सार्वजनिक गरेको भिडियोमा विधायक मजिन्दर सिरसाले शेयर गर्दै बलिउड कलाकारले ड्रग्स लिएको आरोप लगाएका छन् । उनले, बलिउडमा नाम कमाएका कलाकार सबैजना ड्रग्सले मस्त रहेको भन्दै यसको विरोधमा आवाज उठाउने समेत उल्लेख गरेका छन् ।

तर, मजिन्दरको ट्विटमा प्रतिक्रिया दिदै राजनीतिज्ञ मिलिन्दा डोगराले यो पार्टीमा आफ्नी पत्नी समेत उपस्थित भएको भन्दै कुनै पनि कलाकारले ड्रग्स सेवन नगरेको भन्दै उनीरुको वचाउ गरेका छन् । तर, भिडियो हेर्दा अधिकांश कलाकार मदिराको नशामा मस्त रहेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment