Comments Add Comment

त्रिवि सेवा आयोगको अध्यक्षमा पौडेल

१८ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा. डा. लालुप्रसाद पौडेलको नाम सिफारिस गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सिफारिस समितिले पौडेलको नाम प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो । यस्तै सदस्यमा हेमराज ढकालको नाम सिफारिस भएको छ ।

सरकारले १४ साउनमा शिक्षामन्त्रीको नेतृत्वमा सिफारिस समिति बनाएको थियो ।

कर्मचारी छनोटमा अनियमिता गरेको भन्दै तत्कालीन अध्यक्ष चैतन्य शर्मासहितका पदाधिकारीहरुविरुद्ध अख्तियारले मुद्दा हालेपछि त्रिवि सेवा आयोग पदाधिकारीविहीन थियो ।

पदाधिकारी नहुँदा भदौ ४ देखि असोज १ का लागि तोकिएको विभिन्न विषयका उपप्राध्यापकको परीक्षा अन्योलमा थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment