+
+
Shares

विराज र निकिताको ‘साङ्लो’को रिलिज डेट फाइनल

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १९ गते १५:१५

नेपाली चलचित्रमा कुनै समयका सफल नायक विराज भट्टले निर्देशन गरेको चलचित्र ‘साङ्लो’को प्रदर्शन मिति तय गरिएको छ । एक्सन कथामा तयार भएको यो चलचित्रलाई तिहार लगतै रिलिज गर्ने पक्का भएको हो । चलचित्रलाई कात्तिक १५ गतेबाट नेपालभर रिलिज गरिने वितरक गोविन्द शाहीले जानकारी दिएका छन् ।

विराजको निर्देशनमा तयार भएको चलचित्रमा उनको साथमा नायिका निकिता चण्डकको मुख्य भूमिका छ । यो चलचित्रको कथावस्तुको बिषयमा अहिलेसम्म खुलाइएको छैन । तर, नायक भट्टले भने समाजमै भैरहेको घटनाको कथामा चलचित्र बनेको बताएका छन् ।

नेपाली चलचित्र क्षेत्रमा विशेषगरि, सिंगल थिएटरमा नायक भट्टको क्रेज राम्रो मानिन्छ । तर, यसपटक भने विराज सबै दर्शकलाई चलचित्रमार्फत जोड्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?