+
+
Shares

बिप्लव समूहका जनसरकार प्रमुखद्वारा आत्मसमर्पण

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १९ गते १८:२७

१९ साउन, गुल्मी । विप्लव समूहका प्युठान जिल्ला जनसरकार प्रमुख राजेन्द्रबहादुर राउत क्षेत्रीले आत्म समर्पण गरेका हुन् ।

१ सय १ दिन देखि हिरासतमा रहेका उनले जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, प्रहरी प्रमुख एसपी दीपककुमार बस्नेत, सशस्त्र प्रहरी प्रमुख बिनोदराज खनाल,लगायतका सुरक्षा निकाय प्रमुख, नागरिक समाज, पत्रकारहरुको रोहवरमा आत्म समर्पण गरेका हुन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीको एक कार्यक्रममा विज्ञप्ति जारी गर्दै राउतले आफू पूर्वमाओवादी लडाकु रहेको र हाल कुनै पनि दलमा आबद्ध नरहेको जनाउँदै आत्म सर्मपण गरेका हुन् ।

प्युठान जिल्ला माण्डबी गाउँपालिका २ मर्कावाङ रातापानी स्थायी घर भएका ३८ वर्षका राउतले २ वर्ष पहिले विप्लव समूहको प्युठान जिल्लाको जनसरकार प्रमुख भएको र हाल आपाङ्ग हुँदा काम गर्न नसक्ने बिज्ञप्तीमा जनाएका छन् ।

उनले आफुले आपाङ्गगताको क्षेत्रमा काजकाम गर्दै आइरहेको बताएका छन् ।

साविकको जिल्ला बिकास समिति प्युठानको पहलमा जिल्ला यूवा संजाल महासंघ गठन भएपछि उक्त संस्थाको जिम्मेवार समितिहरुमा रही काम गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेका छन् । प्युठानमा पक्राउ परेका उनी अर्घाखाँची हुँदै गुल्मी ल्याइएका थिए । उनी २२६ दिनदेखि गुल्मीमा हिरासतमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?