Comments Add Comment

कार्यथलोमा तनावः व्यवस्थापन गर्ने केही काइदा

कहिले काहीँ हामी कुनै पनि काम थाल्नुभन्दा अगाडि धेरै तनाव लिने गर्छौं, जसका कारण त्यो काम राम्रोसंग हुन पाउँदैन । तनावका कारण त्यो काम कसरी गर्ने भन्ने सोच्न सकिरहेको हुँदैन । तपाइर्ं क्षमतावान हुँदा-हुँदै पनि तनावका कारण आफ्नो कार्य-कुशलता देखाउन सक्नु हुन्न । यसले गर्दा तपाईंलाई असफलता प्राप्त हुन्छ, जसले तपाईंको तनाव झन बढ्न सक्छ ।

त्यसैले अफिसको कुनै पनि मिटिङ अथवा प्रजेन्टेसन जस्ता कुराहरुमा सहभागि हुँदै हुनुहुन्छ भने तनावमुक्त भएर मात्र सहभागि हुनु आवश्यक छ । तनाव सहित ती कार्यहरुमा सहभागि हुनु भयो भने तपाईले चाहेको सफलता प्राप्त गर्न सक्नु हुन्न । त्यसैले आज हामी तनाव मुक्त हुने ?

सुगन्धित तेलको प्रयोग

तनावको स्थितिमा सुगन्धले सकारात्मक कार्य गर्न सक्छ । तनाव भएको बेला सुगन्धित तेल लगाउने गरियो भने त्यसले तनाव घटाउन सक्ने एउटा अध्ययनले प्रमाणित गरेको छ । बजारमा उपलब्ध लेवेन्डर, भेटिवर जस्ता तेलहरुको सहयोगले तपाइर्ं सुगन्धित हुनुको साथै तनावमुक्त पनि हुन सक्नुहुन्छ ।

आफ्नो शरीरमा ती तेलका केही थोपा छर्कनु होस् अथवा कपासमा केहि थोपा राखेर सुँघ्नुहोस्, यसले तनावलाई कम गर्छ । त्यस्ता सुगन्धित कुराको प्रयोगले तपाइर्ं भित्रबाट नै शान्तिको अनुभव गर्न थाल्नु हुन्छ र तनावबाट मुक्ति पाउन सक्नु हुन्छ ।

मसाजको आवश्यकता

तनावको स्थितिमा मीटिङभन्दा १५ मिनेट अगाडि मसाज गर्नाले तनावमुक्त हुन सकिन्छ । मसाज तनावमुक्त गराउने सबैभन्दा प्रभावकारी तरिका हो । त्यसका लागि तपाईंले आफ्नो कानको माथिल्लो भागदेखि तलसम्म मालिश गर्नु पर्छ ।

हल्का दवाव दिँदै माथिदेखि तलसम्म मसाज गर्नुपर्छ । यसो गर्दा तपाईंको कानको भित्रि भागहरु पनि सक्रिय हुन्छन् र नर्वस सिस्टमलाई आरामको अनुभुति गराउँछ । जसले तपाईको तनाव कम हुन्छ ।

संगीतले पनि तनाव कम गर्छ

संगीत तपाईंको तनाव कम गर्ने सबैभन्दा उपयुक्त साधन हुनसक्छ । कुनै कुरा सोचेर तनाव बढाउनु भन्दा आफुलाई मनपर्ने गीत सुनेर आनन्दको अनुभव गर्नु बुद्धिमानी हुन्छ । राम्रो संगीतले तपाईको सृजनात्मक सोचलाई अगाडि बढाउन सहयोग गर्छ ।

वैज्ञानिकहरुका अनुसार ३० देखि ५० बीट्सको साउन्ड ट्रयाकले तपाईलाई शान्ति दिनको लागि पर्याप्त हुन्छ । संगीत सुन्नाले तपाई तनावमुक्त भएको महसूस गर्नुहुन्छ ।

केही क्षण आराम

तनाव भएको समयमा केहि क्षणको आरामले पनि तनाव कम गर्न सहयोग गर्छ । मीटिङभन्दा आधा घण्टा अगाडि केहि क्षण सबै कुराहरु बिर्सिएर आराम गर्नु पर्छ । यसो गर्दा तपाईं ताजा भएको अनुभव गर्नु हुन्छ । कामको क्रममा सुत्नु अथवा आराम गर्नु नराम्रो होइन । एक अनुसन्धानले केवल १० मिनेट सुत्नाले तपाईं  कामप्रति अझ बढि केन्दि्रत हुन सक्नुका साथै तपाईको कार्यक्षमता पनि बढ्छ भन्ने देखाएको छ ।

विशेषज्ञहरुका अनुसार केहि क्षण आराम गर्नाले तपाईको उर्जा र सतर्कतालाई बढाउँछ । गहिरो निद्रा नभएता पनि केहि समयको आरामले तपाइलाई ताजा अनुभव हुन्छ । त्यसैले केहि समय आराम गर्नाले पनि तपाई तनाव मुक्त भएको अनुभव गर्नु हुन्छ ।

यसरी तपाई कुनै महत्वपुर्ण मिटिङ तथा प्रजेन्टेसनमा सहभागि हुन जाँदा तनावुक्त भएर जान सक्नु हुन्छ । जसका कारण तपाइर्ं अरुको अगाडि सफल र क्षमतावान प्रमाणित हुन सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment