+
+
Shares

चितवनमा ‘साइनो’को विशेष शो, अर्गानिक फिल्म भन्दै दर्शकले रुचाए

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते ११:५६

साउनको २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘साइनो’को विशेष शो चितवनमा आयोजना गरिएको छ । लक्की मिडिया हाउसले आयोजना गरेको शोमा चलचित्र हेर्न पुगेका दर्शकले यसको कथावस्तु रुचाएका छन् । दर्शकले चलचित्रलाई मौलिक कथावस्तुमा बनेको भन्दै रुचाएका हुन् ।

चलचित्र हेरिसकेपछि कलाकार नीर शाहले शुद्ध नेपालीपन बोकेको चलचित्र रहेको बताए । उनले चलचित्र क्षेत्रमा संभावना बोकेका नायक र निर्देशक भित्रिएको प्रतिक्रिया पनि दिए । चलचित्रको विशेष शोमा मुख्य कलाकारहरु मिरुना मगर, नीता ढुंगाना, राज कुमार, भूवन चन्द लगायत पुगेका थिए ।

चलचित्रलाई अभिमन्यु निरबीले लेखेका हुन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । दर्शकको प्रतिक्रियापछि रेगुलर शोमा पनि राम्रो व्यापार हुने अपेक्षा निर्माणपक्षको छ । चलचित्रलाई नायिका भूवन चन्दले निर्माण गरेकी हुन् । रमेश थापाले चलचित्रलाई निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?