+
+
Shares

नेकपा सांसदले सोधे : बाबुराम भट्टराईको बस्ने ठाउँ ठीक छ ?

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १५:५५

२१ साउन, काठमाडौं । मंगलबारको संसद बैठकमा नेकपा सांसद विरोध खतिवडाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको बस्ने स्थानबारे प्रश्न उठाएका छन् ।

तत्कालीन संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी बनेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकार छ । पार्टीका सांसदहरु सत्तापक्षको सिटमा बस्छन् ।

तर संघीय परिषदका अध्यक्ष भट्टराई स्वतन्त्र सांसद बस्ने स्थानमै बसिरहेका छन् ।

सांसद खतिवडाले प्रश्न गरे, ‘पूर्वप्रधानमन्त्री माननीय डा. बाबुराम भट्टराईजी अहिले जहाँ बसिरहनुभएको छ, त्यो नै सही हो या संसदले व्यवस्थापन ठीक नगरेको हो ?’

उनले अघि भने ‘या उहाँले एकता प्रक्रियालाई सही गरेर इन्कार गरेको हो, त्यसकारण पूर्वप्रधानमन्त्रीज्यूलाई बस्ने उपयुक्त ठाउँको व्यवस्था गर्दै बस्ने ठाउँ देखाइदिनुहुन पनि अनुरोध गर्दछु ।’

सत्तारुढ नेकपा सांसदले आफ्नो स्थानबारे प्रश्न उठाउँदा डा. भट्टराई भने मुसुमुसु हाँसिरहेका थिए ।

तर संसद बैठक सञ्चालन गरिरहेकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले भने निर्वाचन आयोगले पार्टी एकीकरण भएको जानकारीसहित पत्राचार नगरेकाले डा. भट्टराई पुरानै स्थानमा बसेको बताइन् । ‘औपचारिक रुपमा पत्राचार भएपछि उपयुक्त स्थानमा बस्ने व्यवस्था गर्नेछौं’ उनले भनिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?