+
+
Shares

इंग्ल्याण्ड फर्किए रुनी, डर्बीको प्लेयर कोच बन्न सहमत

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १९:४९

२१ साउन, काठमाडौं । च्याम्पियनसिप क्लब डर्बी काउन्टीले इंग्ल्याण्डका पूर्वकप्तान वायन रुनीलाई प्लेयर कोच नियुक्त गरेको छ ।

एमएलएस टिम डीसी युनाइटेडमा रहेका ३३ वर्षीय फवार्ड १८ महिनाका लागि अन्तरिम प्लेयर कोच बन्न सहमत भएका हुन् ।

रुनी इंग्ल्याण्ड तथा म्यँनचेष्टर युनाइटेडका सर्वाधिक गोलकर्ता हुन् । उनले इभर्टनबाट जुलाई २०१८ मा डीसी गएका थिए । उनले ४१ लिग खेलमा २३ गोल गरेका छन् ।

डर्बी काउन्टीमा पाएको अवसरका लागि आफू निकै उत्साहित रहेको उनले बताए । उनले भने, ‘डर्बी टिम र एकेडेमीबाट कोचिङ करियर सुरु गर्दा म निकै उत्साहित छु ।’

डर्बीको प्रशिक्षक फिलिप कोकु छन् ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?