Comments Add Comment

पाटन उच्च अदालतमा पेशी सूची आएपछि न्यायाधीशको मोवाइल अफ !

२१ साउन, काठमाडौं । पाटन उच्च अदालतका न्यायाधीश र कर्मचारीले मुद्दाको पेशी सूची (कजलिस्ट) प्रकाशित भएपछि मोबाइल बन्द गर्नुपर्ने भएको छ ।

हालै सरुवा  भएर आएका मुख्य न्यायाधीश नहकुल सुवेदीले अदालतका न्यायाधीश र कर्मचारीलाई पेशी सूची प्रकाशित भएपछि मोवाइल बन्द गर्न निर्देशन दिएका हुन् ।

देशैभरका अदालतहरुमा पेशी सूची प्रकाशित  भएपछि न्यायाधीश तथा कर्मचारीलाई फोन गरेर प्रभावित पार्ने गरिएको आरोप लागेका बेला मुख्य न्यायाधीश सुवेदीले मोवाइल बन्द गर्न र आवश्यक कर्मचारीबाहेक न्यायाधीशको चेम्बरमा समेत नजान निर्देशन दिएका उच्च अदालतका एक अधिकारीले बताए ।

यस्तै मुख्य न्यायाधीश सुवेदीले पूर्वाधार अभावले इजलास बस्न नसक्ने अवस्था भए पनि पूरा समय अदालतमा बस्न र पुराना मुद्दा घटाउन न्यायाधीशहरुलाई निर्देशन  दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment