Comments Add Comment

वीरगञ्जमा पुरुषको शव भेटियो

२२ साउन, वीरगञ्ज । वीरगञ्जमा एकजना पुरुषको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका-११ स्थित सिर्सिया खोलाको छेउमा शव भेटिएको हो ।

बाँसको झ्याङमा अड्केको अवस्थामा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । ‘मान्छे बगेर आइरहेको छ भन्ने खबर आयो, गएर हेर्दा बाँसको झ्याङमा अड्केको अवस्थामा शव भेटियो,’ उनले भने, ‘मृत्यु भएको पनि धेरै दिन भएको छैन जस्तो देखिएको छ ।’

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बाँसको झ्याङमा अडि्कएको अवस्थामा शव निकालेको थियो ।

घटनास्थल तथा शव जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलाउन आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment