Comments Add Comment

नेपालमै ‘फ्लाइङ स्कुल’ सञ्चालन गर्ने मन्त्री भट्टराईको योजना

२२ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालभित्रै पाइलट कोर्स पढाउने योजना प्रस्तुत गरेका छन् ।

नेपाली युवा विदेशमा ५०/५५ लाख रुपैयाँ तिरेर पाइलट पढ्न जानुपर्ने बाध्यता रहेको भन्दै उनले सरकारी र निजी क्षेत्रको सहकार्यमा फ्लाइङ स्कूल स्थापनाको अवधारणा सार्वजनिक गरेका हुन् ।

‘पाइलट निजी क्षेत्रलाई बढी चाहिने हो,’ उनी भन्छन्, ‘सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा यस्तो स्कूल स्थापना सकिन्छ ।’ यद्यपी यो आफ्नो अवधारणा मात्र रहेको र यसका लागि लामो तयारी आवश्यक रहेको मन्त्री भट्टराईले स्पष्ट पारे ।

देशभित्रै पर्यटनसँग सम्बन्धित विषय अध्ययनका लागि पर्यटन अध्ययन प्रतिष्ठान खोल्ने सोच रहेको उनले उल्लेख गरे । यी कार्यक्रमहरु आफ्नो कार्ययोजनामा समेट्ने योजनामा मन्त्री भट्टराई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment