Comments Add Comment

चित्रकलामा किरात संस्कृति (फोटो फिचर)

२२ साउन, काठमाडौं । बबरमलस्थित आर्ट काउन्सिलको ग्यालरीमा अहिले एउटा चित्रकला प्रदर्शनी भइरहेको छ । किरात संस्कृति झल्काउने सुन्दर पेन्टिङ ग्यालरीका भित्तामा सजिएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य प्राज्ञ स्व. शान्तकुमार राईका जीवन दर्शनका पेन्टिङहरु पनि त्यही देख्न सकिन्छ । अनुसन्धानदाता तथा कलाकार अर्जुन खालिङले बनाएका जीवनशैलीसँग सम्बन्धित आर्टले गाउँको झल्को दिलाउँछ । प्रकृतिसँग जोडिएका सुन्दर चित्रकला पनि छन् प्रदर्शनीमा ।

शान्तकुमार र अर्जुन खालिङकै स्मृतिमा १८ असारबाट ‘कोमेमोरेटिभ पेन्टिङ एग्जिविसन–२०१९’ शुरु भएको हो । जसको आयोजक किरात ललितकला समाज हो ।

विभिन्न समुदायका भाषा धर्म रितिरिवाज, संस्कृतिलाई जोडेर लोपोउन्मुख संस्कृतिलाई प्रवद्र्धन गर्न प्रदर्शनीको आयोजना गरिएको समाजका अध्यक्ष प्राज्ञ धनबहादुर याक्खाले जानकारी दिए ।

‘हाम्रा मौलिक ऐतिहासिक लोक चित्रकला र लोक मूर्तिकलालाई व्यापक प्रचार गर्नका लागि हामीहरु यस्ता कार्यक्रम गरिरहेका छौँ’, प्राज्ञ याक्खाले भने । ऐतिहासिक सम्पदा, लोपोन्मुख लोक कला संस्कृति, मुन्धुम, भेषभूषा आदिको संरक्षण र प्रचार प्रसार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रदर्शनीमा समाजका सस्थापक अध्यक्ष रतनकुमार राई, धनबहादुर, हिम्मत नेम्वाङ, सोनी राई, मेख लिम्बुलगायतको पेन्टिङ छन् । प्रदर्शनीमा भएका अर्जुन खालिङको बाहेक अन्य चित्रकला बिक्रीका लागि राखिएका छन् । ती चित्रकलाको मूल्य साढे १५ हजारदेखि साढे तीन लाख रुपैयाँसम्मका छन् । प्रदर्शनी २४ साउनसम्म चल्नेछ ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment